
दार्चुलामा बिहीबार आज जिप दुर्घटना हुँदा चार जना घाइते भएका छन् । जिल्ला सदरमुकाम खलंगाबाट काँटैतर्फ गइरहेको ना १ ज ३१०४ नम्बरको जिप महाकाली नगरपालिका–३ काटैस्थित खोलामा सडकमै जिप पल्टिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले बताए ।
घाइतेहरुको परिचय खुल्न बाँकी रहेको र उपचारलागि जिल्ला अस्पताल पुर्याएको प्रहरी निरीक्षक सिंहले बताए ।



