काठमाडौंमा सुरक्षा व्यवस्था कडा पारिएको छ । आज आयोजित प्रदर्शनलाई लक्षित गरेर चोकचोकमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईंले प्रदर्शन गर्न लागेको बल्खुचोकमा ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।

यस्तै, नेकपा ९एमाले०को युवा संगठन राष्ट्रिय युवा संघले प्रदर्शन गर्न लागेको तीनकुने क्षेत्रमा पनि ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।

प्रदर्शनको नेतृत्व एमालेका नेता महेश बस्नेतले गरिरहेका छन् । बस्नेतले आजको प्रदर्शन लोकतान्त्रिक गणतन्त्रको पक्षमा भएको भन्दै व्यवस्था परिवर्तनमा लडेका शक्तिले अहिलेको व्यवस्था जोगाउनका लागि आजको आन्दोलनमा लाग्नुपर्ने बताए । उनले अराजक र व्यवस्थाविरोधीहरुलाई जवाफ दिनका लागि प्रदर्शन गर्न लागिएको पनि प्रष्ट पारे ।
उनले आवश्यक परेको खण्डमा सरकारले तोकेको निधेषित क्षेत्र तोडिन सक्ने पनि बताए । उनले शानित्पूर्ण प्रदर्शनमा अवरोध भएमा निषेधित क्षेत्र तोडिन सक्ने बताए ।



