गोकुलेश्वर। दार्चुलाकोे नौगाड गाउँपालिका अध्यक्ष दलजितसिंह धामी सवार प्रदेश नं.३–०२२ च ५१२९ नम्बरको बोलेरो जिप बिहीबार दिउँसो करिब साढे १२ बजेतिर दुर्घटनामा परेको छ ।

नौगाड गाउँपालिका—२ सुण्डमुण्डबाट गाउँपालिकाको कार्यालय होपरिगाडतर्फ आइरहेकोे जिप नौगाड—३ बगड जामिरमा दुर्घटनामा परेको हो ।
जिप दुर्घटना हुँदा नौगाड—६ खेडा घर भएका अन्दाजी ४० वर्षीय गाउँपालिका अध्यक्ष धामीलाई सामान्य चोट लागेको छभने सोही ठाउँका ३४ वर्षीय चालक जयभानसिंह ठगुन्ना गम्भीर घाइते भएका छन् । घाइते दुबैलाई उपचारका लागि धनगढी लगिएको छ ।
जिप व्याक गर्ने क्रममा ब्रेक फेल हुँदा दुर्घटनामा परेको हो । जिप सडकबाट करिब डेड सय मिटर तल खसेको छ । सो जिप नौगाड गाउँपालिकाले भाडामा लिएको थियो ।



