गोकुलेश्वर । कैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट अबैध रुपमा भारतबाट भन्सार छली ल्याएका सामान बरामद गरिएको छ।

कैलालीको धनगढी उपमहानगरपालिका१० सिमलघाटबाट ७६ हजार ३ सय बराबरको लेडिज सुट, उनी स्वीटर, प्लाष्टिकका माला, धनगढी२ भन्सार रोड नजिकबाट ४० हजार ३ सय २० बराबरको चिनी, चप्पल, पित्तलको दियो, घण्टी, सप्तरंगी टिका लगायतका सामान र भजनी नगरपालिका ५ लखरैयाबाट १२ हजार मूल्य बराबरको पोटास गरि जम्मा १ लाख २८ हजार ६२० मूल्य बराबरको सामान बिहीबार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
उता कञ्चनपुरको पुनर्वास नगरपालिका ११ डोके बजार स्थित गुम्बा नजिकबाट पनि ७६ हजार ७ सय बराबरको लेडिज सुट, जेन्स कुर्ता सुरुवाल, लेडिज उनी स्वीटर लगायतका सामान नियन्त्रणमा लिएको छ।



