No.1 News Portal from Sudurpashchim Province
bajaj

गोकुलेश्वर पुलबाट हाम फालेर एक पुरुष चमेलिया नदीमा बेपत्ता,खोजी कार्य जारी

गोकुलेश्वर। दार्चुलाको शैल्यशिखर नगरपालिका—९ गोकुलेश्वरस्थित मोटरेबल पुलबाट हाम फालेर एक पुरुष चमेलिया नदीमा बेपत्ता भएका छन् ।

सोमबार दिउँसो करिब साढे १२ बजेतिर मोटरेबल पुलको बिच भागबाट हाम फालेर चमेलिया नदीमा बेपत्ता पुरुषको पहिचान खुलेको छैन् ।

pm office

बेपत्ता पुरुषको मोटरेबल पुलमा झोला फेला परेको छ । झोलामा कपडा छन् । अवस्था अज्ञात छ । उनको खोजीका लागि इलाका प्रहरी कार्यालय गोकुलेश्वरको टोली खटिएको छ ।

३,४ वटा टोली चमेलिया नदीमा खटाएर खोजी कार्य गरिरहेको इप्रका गोकुलेश्वरका इन्चार्ज एवं प्रहरी निरीक्षक मानसिंह ऐरीले बताए ।‘प्रहरी टोली खोजी कार्यमा छ । बस्कोट,पञ्ज्युनयाँ,चम्तडी र सल्सेनामा आसपास चमेलिया नदीमा खोजी गरिरहेका छौं । अहिले सम्म भेट्टाएका छैनौं ।’ उनले भने ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.