No.1 News Portal from Sudurpashchim Province
bajaj

बङगाबगरमा जिप र मोटरसाइकल एकआपसमा ठोेक्किए

गोकुलेश्वर।बैतडीको डिलाशैनी गाउँपालिका—६ बङगाबगरमा जिप र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुर्घटना भएको छ ।

दार्चुलाबाट महेन्द्रनगर गइरहेको से १ ज १११० नम्बरको जिप र पञ्ज्युनयाँबाट गोकुलेश्वर आइरहेको सुपप्र ०१००९ प १७३७ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका हुन् ।

pm office

दुर्घटनामा मोटरसाइकल चालक दोगडाकेदार गाउँपालिका—६ पञ्ज्युनयाँका २३ वर्षीय नरेन्द्र भण्डारी सामान्य घाइते भएका छन् । उनको खुट्टामा चोट लागेको छ । उनको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको छ ।

जिपमा चालक सहित ३ जना सवार थिए । उनीहरु सकुसल छन् । जिपको अगाडीको एक टायर फाट्नुका साथै अगाडीको भागमा सामान्य क्षती छ । मोटरसाइकलको अगाडीको भागमा सामान्य क्षती भएको छ ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.