No.1 News Portal from Sudurpashchim Province
bajaj

गोकुलेश्वरमा दशैंको चहलपहल बढ्यो

गोकुलेश्वर। दार्चुला र बैतडीको सीमावर्ती गोकुलेश्वर बजारमा दशैंको चहलपहल बढेको छ।

दार्चुला जिल्लाको प्रवेशद्धार, जिल्लाकै दोस्रो ठूलो व्यपारिक क्षेत्र हुनुका साथै बैतडीसँग पनि सीमा जोडिएको गोकुलेश्वर बजारमा दशैं नजिकिएसँगै चहलपहल बढेको हो।

गाउँघरबाट दशैंको लागि आवश्यक समाग्रीहरू खरिदरबिक्री गर्ने र देश तथा विदेशबाट स्वदेश आउनेहरूको पनि मुख्य नाका गोकुलेश्वर बजार भएको हुँदा बजारमा भीड बढेको हो।

pm office

महेन्द्रनगर, अत्तरिया र धनगढीहुँदै घर आउने यात्रुहरूको पनि मुख्य बजार गोकुलेश्वर भएकाले बजारमा किनमेल गर्नेहरूको चहलपहल बढेको स्थानीय व्यवसायी बताउछन्। स्थानीय व्यवसायी दिपक साउदले गौँरा पर्वदेखि सुस्ताएको बजार दशैं आउँदा गति लिएको बताउछन्। 

उनले भने, ‘गौँरा पर्वदेखि सुस्ताएको हाम्रो व्यापार दशैं आउँदा बढेको छ। दशैंपछि पनि तिहार र जात्रासम्म बजारले गति लिन्छ।’

यस्तै, गोकुलेश्वरमा राखिएका विभिन्न यातायातहरूका शाखा काउन्टरहरूले पनि तराईबाट दशैं मनाउनका लागि ठूलो संख्यामा मानिसहरू घर फर्किरहेकाले बजारमा दिनहुँ घुइचो बढेको छ। 

उनीहरूका अनुसार अहिले यहाँबाट तराई झर्ने भन्दा तराईबाट पहाड आउनेहरूको दिनहुँ ठूलो संख्या रहेको छ। दशैंको मुखमा आउन सक्ने समस्याले गर्दा प्रहरीले पनि सुरक्षा व्यवस्थामा चासो देखाएको छ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.