गोकुलेश्वर।दार्चुलाको चमेलिया नदीमा बगेर एक बालक बेपत्ता भएका छन ।

जिल्लाको शैल्यशिखर नगरपालिका–३ सुन्दरपुरका महेश दमाइको ६ वर्षीय छोरा हेमान्सु दमाइ सोमबार दिउँसो बगेर बेपत्ता भएका हुन् ।
उनी नदीमा नुहाउने क्रममा बगेर बेपत्ता भएका हुन् । इलाका प्रहरी कार्यालय गोकुलेश्वराबाट प्रहरी टोली खटिएर हिजो देखि बेपत्ता बालकको खोजी भइरहेको छ ।चमेलिया नदीमा ३,४ टोली पठाएर बेपत्ता बालकको खोजी भइरहेको इलाका प्रहरी कार्यालय गोकुलेश्वर इन्चार्ज एवं प्रहरी निरीक्षक मानसिंह ऐरीले बताए ।
‘हिजोदेखि खोजी कार्य भइरहेको छ ’उनले भने,‘३,४ प्रहरीको टोली चमेलिया नदीमा पठाएर खोजि कार्य भइरहेको छ । अहिले सम्म फेला पार्न सकेका छैनौं । टोली बेपत्ता बालकको खोजी कार्यमै छ ।’



