No.1 News Portal from Sudurpashchim Province
bajaj

दार्चला प्रहरीको लागूऔषध, गुण्डागर्दी र अनैतिक क्रियाकलापविरुद्ध महाअभियान सहर देखि गाउँसम्म

गोकुलेश्वर। जिल्ला प्रहरी कार्यालयको दार्चुलाको कमाण्ड प्रहरी नायव उपरीक्षक (डिएसपी) शिवबहादुर सिंहले सम्हाले पछि अहिले प्रहरी महाअभियानको नारा लिएर सहर देखि गाउँसम्म पुगेको छ ।

डिएसपी सिंहको दार्चुला आगमन सँगै प्रहरीले मुख्यगरी लागूऔषध, गुण्डागर्दी र अनैतिक क्रियाकलापविरुद्ध महाअभियान सञ्चालन गरेको छ । जिल्लाभरी नै प्रहरीले लागूऔषध, गुण्डागर्दी र अनैतिक क्रियाकलापविरुद्ध सचेतना अभियान चलाइ रहेको छ ।

महाअभियानअन्तर्गत लागूऔषध निर्मुलका लागि प्रहरी सक्रिय भएको डिएसपी सिंहले बताए । महाअभियानको नारासहित प्रहरी खलंगा र गोकुलेश्वर बजारमा केन्द्रीत हुँदै यसको प्रभाव गाउँसम्मै पुगाउनमा लागिरहेको छ ।

pm office

जिल्लाको मार्मा क्षेत्रबाट महाअभियानको कार्यक्रम थालनी भएको बताउँदै डीएसपी सिंहले यो अभियान जिल्लाका सबै क्षेत्रमा फैलिने बताए । जिल्ला सदरमुकाम क्षेत्रका विद्यार्थी युवाहरु लागूऔषध दुव्र्यसनीमा लिप्त रहेको देखिएको एक तथ्यांक उनले सार्वजनिक गरे ।

उनका अनुसार १ सय जना विद्यार्थीमा ८० जना लागूऔषध, कुलतमा फसेको पाइएको छ । यसका लागि विद्यालय–समुदाय प्रहरी साझेदारी कार्यक्रमलाई जोड दिइएको छ ।

विद्यार्थी बिग्रनुमा शिक्षक र अभिभावकले समेत जिम्मेवारी लिनुपर्ने छ । प्रहरीले विद्यालयका बालबालिका सँगको सम्वाद र कार्यक्रममा जोड दिएको छ । प्रहरीले दार्चुलामा लागूऔषध निर्मुल पार्ने जनाएको छ ।

जिल्ला सदरमुकाम खलङगामा मात्रै आइतबारसम्म १ हजार ८१ जनाको कानका मुन्द्रा झिकियोको छ । गाउँबाट बजार झर्ने र बजारमा रहेका मुन्द्रेहरुका मुन्द्रा झिकिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी ज्ञानेन्द्र बहादुर सिंहले बताए । उनका अनुसार अशोभनीय रुपमा एक कानमा मात्रै मुन्द्रा लगाएका, विभिन्न धातु र रबरका मुन्द्रा झिकिएका हुन् ।

त्यस्तै, प्रहरीले लागूऔषध र कुलतमा फसेका १ सय ७७ लाई सीमानाकाबाट भारत जान नदिइ फर्काएको छ । यहाँका लागूऔषध सेवनकर्ता भारतीय बजारका मेडिकल गएर लागूऔषध सेवन गर्ने गरेका छन् । यसैलाई मध्यनजर गर्दै प्रहरीले सीमा नाकामा कडाइ गरेको हो ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.