No.1 News Portal from Sudurpashchim Province
bajaj

डिलाशैनीको पुतली सरकार आफ्नो ‘फेवर’को जुनियर कर्मचारीलाई हाकिम बनाउँन खोज्दै

मिच्दै छ केन्द्र सरकारको निर्णय

गोकुलेश्वर।बैतडीको डिलाशैनी गाउँपालिका फेरि नयाँ प्रमुख प्रशासकीय अधिकृत(हाकिम) खोजीमा अल्झिएको छ ।

यस अगाडि गाउँपालिकाको हाकिम भएर नौ दिनमात्रै पालिकामा टेकेका रन्जय पटेल सरुवा भएर गएपछि पालिका हाकिमको खोजिमा दौडेको हो।

नयाँ हाकिमको खोजिमा पालिका अध्यक्ष सन्तोषप्रकाश जोशीले हिजो(बिहीबार) कार्यपालिकाको बैठक डाकेर नयाँ हाकिममा पालिकाकै आफ्नो फेवरका जुनियर कर्मचारीलाई हाकिम बनाउन खोजेको आरोप उनीमाथि लागेको छ ।

अध्यक्ष जोशीले कार्यपालिका बैठकमा सिनियर कर्मचारीलाई उछिन्दै स्थानीय पाँचौ तहका कर्मचारी धनसिंह माललाई हाकिम बनाउन खोजेको भन्दै कार्यपालिका सदस्यहरूले विरोध जनाएका थिए। माल पटेल गएपछि हाल गाउँपालिकाको निमित्त कार्यकारी भएर काम गरिरहेका छन् ।

बिहीबार बसेको कार्यपालिका बैठकमा १५ जना सदस्यमध्ये १३ जना उपस्थित थिए। ती मध्ये नौ जना सदस्यहरूले अध्यक्ष जोशीको प्रस्तावमा असहमति जनाउँदै बैठक बहिस्कार गर्दा ४ जना सदस्यहरूले भने अध्यक्षको जोशीको प्रस्तावलाई समर्थन गरेको बैठकमा उपस्थित एक जनप्रतिनिधिले बताए ।

बैठकमा गाउँपालिका अध्यक्ष जोशी, उपाध्यक्ष बोहरा, वडा नम्बर १ का अध्यक्ष कृष्णकुमार धामी, वडा नम्बर २ का अध्यक्ष नवराज घरडी, वडा नम्बर ३ का अध्यक्ष बोहरा, वडा नम्बर ४ का अध्यक्ष हरी पन्त, वडा नम्बर ५ का अध्यक्ष तथा प्रवक्ता भट्ट, वडा नम्बर ६ का अध्यक्ष उत्तरबहादुर बोहरा, वडा नम्बर ७ का अध्यक्ष प्रकाशमणि भट्ट, कार्यपालिका सदस्य मानमती लुहार, कलावती लुहार, शारदा बोहरा, र बिमला बोहरा उपस्थित रहेका थिए। ति मध्ये सदस्यद्धय दुर्गा धामी र कविता भुल अनुपस्थित रहेका थिए।

सो बैठक बहिस्कार गर्ने कार्यपालिका सदस्यहरूमा गाउँपालिका उपाध्यक्ष भगिरथ बोहरा, वडा नम्बर १ का अध्यक्ष कृष्णकुमार धामी, वडा नम्बर २ का अध्यक्ष नवराज घरडी, वडा नम्बर ३ का अध्यक्ष बोहरा, वडा नम्बर ६ का अध्यक्ष उत्तरबहादुर बोहरा, कार्यपालिका सदस्य मानमती लुहार, कलावती लुहार, शारदा बोहरा, र बिमला बोहरा रहेका थिए ।

ती बाहेक अन्य ४ जना कार्यापालिका सदस्यहरूले अध्यक्ष जोशीको प्रस्तावलाई समर्थन जनाएको स्रोतले बताएको छ ।

बैठकमा सहभागी कार्यपालिका सदस्य तथा वडा नम्बर ३ का वडाध्यक्ष रधुविर बोहराले पालिका अध्यक्ष जोशीले कार्यपालिका निर्णयहरू पहिला नै तयार पारेर निर्णय सुनाउँदै हस्ताक्षरको लागि अनुरोध गरेको आरोप लगाए।

pm office

‘पालिका बैठक सुरू हुँदै अध्यक्ष जोशीले प्रस्ताव राख्दै निर्णयहरू सुनाए र केही गुनासो भए राख्न अनुरोध गरे,’ उनले भने, ‘हामी बैठकमा उपस्थित नौ जना सदस्यहरूले ७ नम्बर बुँदालाई सच्याउन पर्ने आग्रह गर्यौ। ७ नम्बर बुँदामा स्थानीय तह पाँचौ तहका एक कर्मचारीलाई प्रमुख प्रशासकीय अधिकृत दिएको निर्णय सर्वसम्मत पारित गरियो भन्ने थियो।

तर, हामीले उक्त निर्णयको विरोध गर्दै यस अगाडि दुई वर्ष हाकिमको जिम्मेवारी सम्हालेका गणेशसिंह बोहरालाई नै जिम्मेवारी दिनुपर्छभन्दा अध्यक्षले बोहरालाई जिम्मेवार दिन मिल्दैन भनेपछि हामी बैठक बहिस्कार गरेर बाहिरिएका हौं।’

उनले थपे, ‘यस अगाडिका हाकिम बोहरा र अहिले अध्यक्षका प्रस्तावित हाकिम दुईटैको नाम संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालायलाई सिफारिस गरौँ। उताबाट जे निर्णय आउछ त्यहीँ निर्णय हामी स्विकार्छौं भन्दा अध्यक्ष ज्यूले बोहराको नाम सिफारिस गर्नै मिल्दैन भनेपछि हामी बैठक बहिस्कार गर्दै बाहिरिएका हौं।’

वडाध्यक्ष बोहराले यस अगाडि यिनै जोशी अध्यक्षहुँदा बोहरा हाकिम हुन मिल्ने तर आफ्नो फेवरमा काम नगरेको भन्दै अर्को व्यक्तिलाई हाकिम बनाउन खोजेको आरोप लगाए।

यस्तै, गाउँपालिका उपाध्यक्ष भगिरथ बोहराले बैठकको निर्णय पुस्तिकाको उपस्थितमा सबैले दस्तखत गरेको तर कल्जोजिङमा कसैले हस्ताक्षर नगरेको र हाल अध्यक्ष जोशीले घरघरमा गएर कार्यपालिका सदस्यहरूलाई हस्ताक्षर गर्न लगाएको आरोप लगाए।

उनले भने, ‘पुरानो हाकिमले कानुन संवतमा कामबाहेक अन्य काम नगरेको हुँदा अध्यक्ष जोशीले बोहरालाई हटाएर आफू निकट जुनियर कर्मचारी माललाई हाकिम बनाएर आफू अनुसार पालिका चलाउन खोजे हामी त्यसको विरोध गर्दै बैठक उपस्थितिमा हस्ताक्षर गरेपनि क्लोजिङमा हस्ताक्षर नगरि हामी बाहिरियौँ। अहिले अध्यक्ष जोशीले कार्यपालिका सदस्यहरूलाई विभिन्न प्रलोभन र धम्कि देखाएर घरघरमा गएर हिजोको निर्णय पुस्तिकामा हस्ताक्षर गराउँदै छन् भन्ने खबर आएको छ। यो कार्यपालिकामा गर्ने कार्य हो घरघरमा प्रलोभन र धम्कि हामीलाई मान्य हुनेछैन।’

तर, गाउँपालिका प्रवक्ता यज्ञ राज भट्टले हिजोको कार्यपालिका बैठकमा कुनै विवाद नभएको दाबी गरे। ‘बैठकको कुरा बैठकमा हुन्छ। मन्त्रिस्तरीय बैठक जस्तो यस्तो भा’थ्यो भन्ने कुरा मैले त्यो भन्ने कुरा छैन।,’ उनले भने, ‘बैठकमा कुनै विवाद, अस्वभाविक कुरा त्यस्तो खालको कुनै गतिविधि भा’छैन। त्यस्तो समाचारै बनाउनुपर्ने केही छैन।’ प्रवक्ता भट्टले हाकिमको विषयलाई लिएर कुनै जवाफ दिन चाहेनन्।

पहिलाका हाकिम बोहरा अधिकृत छैटौँ तहका कर्मचारी हुनभने उनीसँग डिलाशैनी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत भएर काम गरेको दुई वर्ष अनभुव रहेको छ।

संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयको पत्र यस्तो छ :

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.