No.1 News Portal from Sudurpashchim Province
bajaj

सुदूर पहाडका तीन जिल्लामा नियमित हवाई उडान सुरु भएपनि बैतडीका लागि भएन

गोकुलेश्वर। धनगढी विमानस्थलबाट सुदूर पहाडका तीन जिल्लामा नियमित उडान सुरु भए पनि बैतडीका लागि उडान सेवा सुचारु भएको छैन् ।

बिहीबार देखि बझाङ, बाजुरा र अछामका लगि नियमित उडान सुरु गरियो । तर, बैतडीको पाटनका लागि उडान सुरु गरिएन् । डेढ वर्षदेखि पाटन विमानस्थलमा हवाई सेवा बन्द हुँदा नागरिकलाई समस्या भएको छ ।

गत चैतदेखि बझाङ, बाजुरा र अछामको हवाई उडान नगरेको समिट एयरले बिहीबारदेखि नियमित उडान सुरु गरेको छभने २०७८ चैत १० गते अन्तिम उडान गरेको समिट एयरले बैतडीका लागि हवाइ सेवा सुचारु गरेको छैन् ।

समिट एयरले २०७८ चैत १० त्यसयता पाटन विमानस्थलबाट कुनै उडान गरेको छैन् । यात्रु अभावका कारण उडान भर्न नसकिने समिट एयर बैतडी प्रतिनिधि कृष्णदत्त भट्ट बताउँछन् ।

pm office

पाटन–धनगढी १७ मिनेटको हवाई दूरीका लागि शुरुमा तीन हजार सात सय रुपैयाँमा हवाई उडान हुने गरेको थियो । पछिल्लो समय बढेर पाँच हजार रुपैयाँ पुगेको थियो ।समिट एयरले प्रत्येक बिहीवार धनगढी–पाटन–धनगढी उडान गर्दै आएको थियो ।

हवाई सेवाका कारण यहाँको आन्तरिक धार्मिक पर्यटन प्रवर्धन र व्यापार–व्यवसाय फस्टाउने अपेक्षा गरिए पनि सञ्चालनमा आएको एक वर्षमै विमानस्थल बन्द हुँदा हवाई सेवाबाट समेत वञ्चित हुनुपरेको स्थानीयवासीको भनाई छ । हवाई उडान बन्द हुँदा आकस्मिक रूपमा प्रदेश राजधानी धनगढी जाने यात्रु र बिरामीलाई समस्यामा हुने गरेको छ ।

२०३५ सालमा सञ्चालनमा आएको पाटन विमानस्थल पछिल्लो समय पुनःनिर्माण भएपनि सञ्चालनमा आएको छैन् । यात्रु अभाव भएको भन्दै उडान बन्द भएपछि अहिले धावनमार्गमा गाडी सिक्ने,खेल्ने तथा टिकटक बनाउने स्थलका रुपमा परिणत भएको छ ।

२०३२ साल देखि निमार्ण सुरु भएको पाटन विमानस्थल २०३५ साल देखि सञ्चालनमा आएको थियो । २०५२ देखि हवाई सेवा बन्द भएको विमानस्थल २०५८ सालमा सशस्त्र द्धन्द्धको बेला तत्कालीन विद्रोही माओवादीले बम हानेर कार्यालय सँगै टावर ध्वस्त बनाएको थियो ।

फेरि २०७३ सालमा ११ करोडको लागतमा विमानस्थलको धावन मार्ग,टावर र कार्यालय लगायतको संरचना पुननिर्माणको सम्झौता भइ काम सम्पन्न गरिएको थियो ।

०७७ असोज देखि पाटन विमानस्थल आंशिक रुपमा फेरि सञ्चालनमा आएको थियो ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.