No.1 News Portal from Sudurpashchim Province
bajaj

शैल्यशिखरको आग्रह : बन्तोली–पनेबाज सडकको दायाँबायाँ पर्ने घर,टहरा हटाउ

गोकुलेश्वर।दार्चुलाको शैल्यशिखर नगरपालिकाले गोकुलश्वर बन्तोली–पनेबाज सडक खण्डको दायाँबायाँ पर्ने घर-टहराहरु हटाउन आग्रह गरेको छ ।

(आज) बिहीबार नगरपालिकाले एक सुचना जारी गर्दै निर्माणाधीन गोकुले बन्तोली– पनेबाज सडक खण्डको वडा न. ८ झरकडा बगौरादेखि वडा न. ७ को बन्तोली भीरसम्म सडक क्षेत्रको मापदण्ड अनुसार चौडाई नपुगेकोले दायाँ बाँया क्षेत्रमा रहेका घर-टहराले सडक निर्माण कार्यमा अवरोध भएको हुँदा हटाउन आग्रह गरेको हो ।

pm office

सडक निमार्ण कम्पनी के. एस. कन्सट्रक्सन प्रा.लिको अनुरोधमा नगरपालिकाले सो क्षेत्रका घर-टहराहरु हटाउन पन्ध्र दिने सुचना जारी गरेको हो । 

सूचनाको बेवास्ता गरि सडकको दायाँ बाँया क्षेत्रमा रहेका घर-टहराहरु नहटाएमा नगरपालिकाले प्रचलित कानुन बमोजिम कारबाही गर्ने जनाएको छ ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.