गोकुलेश्वर। बैतडीको डिलाशैनी गाउँपालिकाका हाकिमको नौं दिनमै सरूवा भएको छ ।
८ असोजमा गाउँपालिकाको नयाँ प्रमुख प्रशासकीय अधिकृतको रुपमा कार्यालयमा हाजिर भएका रंजय पटेलको सरूवा भएका छन् । उनी आज(मङ्गलबार) हाजिर भएको नवौं दिनमा कार्यालयबाट बिदाई भएर गएका छन् ।
नयाँ हाकिम पटेल गाउँपालिकामा हाजिरहुँदा उनलाई पालिका अध्यक्ष सन्तोष जोशी, प्रवत्ता यज्ञ भट्ट लगायत केही जनप्रतिनिधि र कर्मचारीहरूले ‘केक’ काटेर भव्य स्वागत गरेका थिए ।

उनको सर्लाहीको धनकौल गाउँपालिका सरुवा भएको छ।संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट सरुवाको पत्र आएपछि सर्लाहि जान लागेको पटेलले बताए ।
गाउँपालिलका अध्यक्ष सन्तोष जोशीले डिलाशैनीका प्रमुख प्रशासकीय अधिकृतको मात्र नभइ बैतडीमा नयाँ आएका प्रमुख प्रशासकीय अधिकृतहरूको सरूवा भएको बताए । उनले भने,‘डिलाशैनीको मात्र नभइ बैतडीका अन्य पालिकामा पनि नयाँ आएका प्रमुख प्रशासकीय अधिकृतहरूको सरूवा भएको हो । ’
केही दिन अगाडी पालिकामा कार्यपालिका सदस्यहरूबीच हाकिमको विषयलाई लिएर आन्तरिक विवाद भएको थियो ।कार्यपालिका सदस्यहरूमा हाकिमको विषयलाई लिएर भएको विवाद विभिन्न सञ्चारमाध्यमहरूमा पनि प्रकाशित भए ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बैतडीका ५ पालिकामा पटेलसहित नयाँ हाकिमहरूलाई खटाएको थियो । तर, पटले भने हाजिर भएको नवौं दिनमा पालिकाबाट बिदाई भएर गएका छन्।



