No.1 News Portal from Sudurpashchim Province
bajaj

सरकारी समानमा शैल्यशिखरका पूर्व मेयर,उपमेयर लगायतको रजाई,गरेनन् फिर्ता

कार्यपालिका सदस्यले पार्कीले २ लाख बढीको समान हडपे

गोकुलेश्वर।दार्चुलाको शैल्यशिखर नगरपालिकाका पूर्वमेयर,उपमेयर लगायत अन्यले अझै सम्म सरकारी समान फिर्ता गरेका छैनन् ।

पूर्व मेयर अमरसिंह धामी,उपमेयर राजमति बम पाल, वडा नं.८ का वडाध्यक्ष अजव विष्ट,कार्यपालिका सदस्य नविन पार्की,सव–इन्जिनियर दिपक विष्ट लगायले अझै सम्म सरकारी समान फिर्ता गरेका छैनन् ।

मेयर धामीले ६ लाख ३४ हजार ९ सय ४६ रुपैयाँ बराबरको सरकारी समान फिर्ता नगरेको भेटिएको छ । मेयर पदबाट मुक्त भइसकेको लामो समयसम्म पनि उनले प्रयोग गरेका लाखौँ मूल्य बराबरका सोफासेट २ वटा, बेड ४ वटा, टिभी २ वटा, टि टेबल ३ वटा, फिल्टर २ वटा, मोबाइल सेट ४ वटा, कुलर ४ वटा, डिस होस १ वटा तथा डाइनिङ टेबुल २ वटा फिर्ता नगरेको महालेखा परीक्षकको प्रतिवेदनले देखाएको छ ।

त्यस्तै,उपमेयर पालले १ लाख ६० हजार ५ सय ९८ मूल्य बराबरको सरकारी समान फिर्ता बुझाएकी छैनन् । उनले टिभी १ वटा, बेड २ वटा, डाइनिङ टेबल १, मोबाइल १ र डिसहोम लगायतका सामग्री फिर्ता गरेकी छैनन् । 

pm office

त्यस्तै, तत्कालीन कार्यपालिका सदस्य पार्कीले मल्टिमिडिया प्रोजेक्टर १ थान, मोबाइल, ल्यापटप, सोफासेट १र१ थान लगायत २ लाख १४ हजार १ सय ९७ रुपैयाँ बराबरका समान फिर्ता गरेका छैनन् ।

त्यस्तै,सव–इन्जिनियर दिपक विष्टले ग्यास सिलिन्डर १ वटा, प्रेसर कुकर २ वटा, ल्यापटप १ वटा, डिजिटल क्यामेरा १ वटा, जीपीएस १ वटा, राइस कुकर १ वटा, पलङ ३ वटा, सोफा १ वटा, डेस्कटप कम्प्युटर १ वटा, स्ट्यान्ड पंखा १ वटना लगायतका ४ लाख १२ हजार ५ सय २३ रुपैयाँ बराबरको सरकार समान फिर्ता गरेका छैनन् ।

बिष्ट हाल पनि शैल्यशिखर नगरपालिकामा सव–इन्जिनियर पदमा कार्यररत छन् । तर, उनी माथि भ्रष्टाचारको मुद्दा लागेकाले निलम्वनमा छन् । 

जिन्सी शाखाले कार्यालयमा सामान फिर्ता गर्न लिखित र मौखिक अनुरोध गर्दा समेत उनीहरुले समान फिर्ता गरेका छैनन् ।

वित्तीय उत्तरदायित्व नियमावलीको नियम १०३(१) बमोजिम कुनै पनि सार्वजनिक पद धारण गरेको व्यक्ती आफ्नो पदबाट अलग हुँदा आफ्नो जिम्मामा रहेको नगद जिन्सी मालसामान तथा अन्य सरकारी सम्पत्ती हालवालालाई वा हालवाला नभएमा कार्यालय प्रमुखले तोकेको कर्मचारीलाई बुझाउनुपर्ने व्यवस्था भएपनि उनीहरुले समान फिर्ता गरेका छैनन् ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.