असोज १७ गते शैल्यशिखर पोलिक्लिनिकमा बरिष्ठ छाला,यौन,कुष्ठ,कपाल तथा सौन्दर्य रोग बिशेषज्ञ डाक्टर आउने
गोकुलेश्वर।दार्चुलाको शैल्यशिखर नगरपालिका—९ गोकुलेश्वर स्थित शैल्यशिखर पोलिक्लिनिक प्रा.लिमा यही असोज १७ गते बरिष्ठ छाला,यौन,कुष्ठ,कपाल तथा सौन्दर्य रोग बिशेषज्ञ डाक्टर आउने भएका छन् ।
असोज १७ गते बरिष्ठ छाला,यौन,कुष्ठरोग,कपाल तथा सौन्दर्य रोग बिशेषज्ञ डाक्टर के.बी शाहीले विशेषज्ञ चिकित्सकीय सेवा प्रदान गर्ने छिन् ।
उनले छालामा भएको विभिन्न समस्याहरु जस्तै,छाला चिलाउने, छाला फुस्रो भएको,कालोपोतो,मुसा पलाएको डण्डीफोर, एलर्जी, ठेला परेको लुतो लागेको, दाद भएको,कपाल झर्नु अथवा तालु खुइलेको भएको जस्ता समस्याको उपचार गर्ने छिन् ।

त्यस्तै,कुष्ठरोग,यौन रोग तथा यौन दुर्वलता,नङ सम्बन्धी सम्पुर्ण समस्या,बच्चाहरुको छाला सम्बन्धी समस्या, नयाँ तथा पुराना दादहरुको जरैदेखि निर्मुल,मुसा कोठी, कालो धब्बा र शरिरको कुनै पनि भागमा रहेका रौंहरु मेसिनद्धारा सदाको लागी(Hari Remover Therapy)बाट हटाउने छिन् ।
चेकजाँच बिहान नौ बजे देखि दिउँसो चार बजेसम्म गरिने पोलिक्लिनिकले जनाएको छ । पोलिक्लिनिकले विशेषज्ञ चिकित्सकीय सेवा प्रदान गर्दै आएको छ । यहाँ हरेक शनिबार विशेषज्ञ डाक्टर आउने गर्दछन् ।
सामान्य एवंम जटिल प्रकृतिका रोगको उपचारका लागि टाढाटाढा जानुपर्ने बाध्यताको अन्त्य शैल्यशिखर पोलिक्लिनिकले गरेको छ ।
०९३४०००३९ ९८४८४८८२५८,९८६९७१००६५ मा फोन गरेर समेत नाम दर्ता गर्न सकिने छ ।



