No.1 News Portal from Sudurpashchim Province
bajaj

नेपाल माल्दिभ्सविरुद्ध १३८ रनले विजयी

गोकुलेश्वर।१९औं एसियाली खेलकुदअन्तर्गत क्रिकेटमा नेपालले माल्दिभ्सलाई १३८ रनको फराकिलो अन्तरले पराजित गरको छ ।

pm office

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ७ विकेट गुमाएर २१२ रन बनाएको थियो । उक्त लक्ष्य पछ्याएको माल्दिभ्स १९।४ ओभरमा ७४ रन बनाएर अलआउट भएपछि नेपालले फराकिलो जित हात पारेको हो ।

टी–२० मा ३ सय रन बनाउने नेपाल पहिलो देश बनेको थियो भने कुशल मल्लले सर्वाधिक छिटो ३४ बलमा शतक र दिपेन्द्रसिंह ऐरीले ९ बलमै अर्धशतकको कीर्तिमान बनाएका थिए ।

क्वाटरफाइनलमा भारत, पाकिस्तान, बङ्लादेश, अफगानिस्तान र श्रीलङ्का छन् । क्वाटरफाइनलको ‘ड्र’ भोलि हुनेछ । क्वाटरफाइनलका खेलहरु मङ्गलवार र बुधवार हुनेछन् । शुक्रवार सेमिफाइनल र फाइनल शनिबार हुनेछ ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.