गोकुलेश्वर। बैतडीको दशरथचन्द राजमार्ग अन्तर्गत पाटन नगरपालिका—८ हरिचन मोडमा सशस्त्र प्रहरी हवलदार नरेन्द्रसिंह महरालाई ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

गएराति करिब १ बजेतिर सुदूरपश्चिम यातायातको धनगढीबाट दार्चुलातर्फ आउँदै गरेको ना ८ ख ७९७० नम्बरको बसले सशस्त्र प्रहरी बाजुरमा हवलदार पदमा कार्यरत पाटन नगपालिका—८ हरिचनका ४० बर्षीय महरालाई ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको थियो ।
उनी बाजुराबाट घर आइरहेका र खोड्पेमा गाडीबाट झरेपछि पैदल घरतर्फ आइरहेका बेला उनलाई बसले ठक्कर दिएको हो ।
बस र बसका चालकलाई खोचलेकबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।बसका चालक कञ्चनपुरको पुनर्वास नगरपालिका—१ का जनकराज गिरी रहेका छन् ।



