गोकुलेश्वर। बारामा गोली हानी एक भारतीय युवकको हत्या भएको छ।
जिल्ला दर्पा थाना सुक्लहिया गाँउ बस्ने २२ वर्षीय अजितकुमार सिंहको गोली प्रहार गरी हत्या भएको हो।

नेपाल भारत सीमाभन्दा करिब सात सय मिटर भित्र मंगलवार बेलुकी सवा ६ बजे उनको हत्या भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
बाराका प्रहरी प्रवक्ता डिएसपी ददिराम न्यौपानेका अनुसार मृतक सिंह साथीहरुसँग मोटरसाइकल चढेर नेपाल प्रवेश गरेका थिए।
घट्नास्थलबाट एक थान गोलि र एक थान गोलिको खोका बरामद भएको प्रहरी नायव उपरीक्षम न्यौपानेले बताए।
मृतक अजितको शव पोष्टमार्टमको लागि नारायणी अस्पताल विरगञ्ज पठाईएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



