No.1 News Portal from Sudurpashchim Province
bajaj

गाडीको ठक्करबाट पैदल यात्रुको मृत्यु

गोकुलेश्वर। बैतडीमा गाडीको ठक्करबाट एकजनाको मृत्यु भएको छ । जिल्लाको पाटन नगरपालिका ८ का नरेन्द्रसिंह महराको गाडीको ठक्करबाट गएराति मृत्यु भएको हो ।

महरालाई दशरथचन्द राजमार्ग अन्तर्गत हरिचन मोडमा गाडीले राति १ बजेतिर ठक्कर दिएको र उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक दीपक गिरीले बताए ।

pm office

पाटन नगरपालिका ८ हरिचन घर भई सशस्त्र प्रहरी बाजुरामा कार्यरत ४० बर्षीय महरा खोड्पेमा झरेका र खोड्पेबाट हिँडेर घर आइरहेका बेला उनलाई गाडीले ठक्कर दिएको बुझिएको छ । महरालाई ठक्कर दिने गाडीको पहिचान हुन सकेको छैन् ।

गाडीको ठक्करबाट महराको मृत्यु भएपछि अहिले दशरथचन्द राजमार्ग अवरुद्ध भएको छ । मृतकका आफन्तहरुले दोषीको पहिचान नहुँदा सम्म गाडी चल्न नदिने चेतावनी दिएका छन ।

अहिले तराइबाट दार्चुला बैतडीका लागि छुटेका गाडीहरु बीचबाटोमै रोकिएका छन् । घटनास्थलमा प्रहरी टोली पुगिसकेको छ । घटनाका बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.