No.1 News Portal from Sudurpashchim Province
bajaj

नेकपा एस दार्चुलाको पाँचौ बैठक सम्पन्न

गोकुलेश्वर।नेकपा एकीकृत समावादी दार्चुला जिल्ला कमिटीको पाँचौ बैठक सम्पन्न भएको छ । 

शुक्रबारदेखि जिल्ला सदरमुकाम खलंगामा सुरु भएको बैठक शनिबार सम्पन्न भएको हो ।

pm office

एस दार्चुलाका अध्यक्ष बिरबहादुर ठगुन्नाको अध्यक्षतामा बसेको बसेको बैठकमा पार्टीका पोलिटब्युरो सदस्य परमान्नद भट्टको प्रमुख आथित्यता रहेको थियो ।

बैठकले संगठन निर्माण,सुदृढीकरण,समाजवादी मोर्चाका गतिविधिहरुलाई प्रभावकारी रुपमा अगाडी बढाउन मोर्चामा सम्म्लित पार्टीहरुको सहकार्यका विषयमा छलफल भएको पोलिटब्युरो सदस्य भट्टले बताए ।

बैठकमा एस दार्चुला इन्चार्ज एवं केन्द्रीय सदस्य नरेन्द्र बिष्ट,सह इन्चार्ज गणेश जोशी लगायत जिल्ला कमिटीका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.