No.1 News Portal from Sudurpashchim Province
bajaj

प्रधानमन्त्री पुष्पकमल दाहालले आज चिनियाँ समकक्षी लि छ्याङसँग भेटवार्ता गर्दै

गोकुलेश्वर। प्रधानमन्त्री पुष्पकमल दाहालले आज चिनियाँ समकक्षी लि छ्याङसँग द्विपक्षीय भेटवार्ता गर्दैछन्। द्विपक्षीय भेटवार्ताका क्रममा नेपाल र चीनबीच विविध सहयोग सम्झौतामा हस्ताक्षर हुने कार्यक्रम रहेको छ।

प्रधानमन्त्री दाहालले आजै चीनको नेसनल पिपुल्स कांग्रेसको स्थायी समितिका अध्यक्ष चाओ लेजीसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ।

असोज ४ गते अमेरिकामा राष्ट्रसंघीय महासभालाई सम्बोधन गरेपछि सिधै चीन भ्रमणमा गएका दाहाल हिजो बेइजिङ पुगेका हुन्। उनले आइतबार बेइजिङमा आयोजित नेपाल(चीन बिजनेस समिटलाई सम्बोधन गर्दै नेपालमा लगानीको वातावरण बनेको र यसको लाभ लिनका लागि चिनियाँ लगानीकर्तालाई आग्रह गरे।

pm office

उनले नेपालमा पर्यटन, पूर्वाधार, ऊर्जा, कृषि, औषधिजन्य उत्पादनलगायत क्षेत्रमा लगानीको राम्रो सम्भावना भएको बताए।

सम्मेलनपछि बेइजिङस्थित नेपाली दूतावासमा आइतबार साँझ आयोजित स्वागत समारोहमा दाहालले चिनियाँ राष्ट्रपतिसँग हिजो भएको छलफलले आफू उत्साहित भएको बताए।

प्रधानमन्त्री दाहालले चीनको छोङछिङ महानगरपालिकामा रहेको छोङछिङ एकेडेमी अफ एग्रिकल्चरल साइन्सलगायत विज्ञान तथा प्रविधि विकासका क्षेत्रको अवलोकन गर्नेछन्।

उनले तिब्बत स्वशासित क्षेत्रको भ्रमणमा जाने र त्यहाँका उच्चपदस्थ अधिकारीसँग भेटवार्ता गर्नेछन्। प्रधानमन्त्रीको टोली चीनबाट १३ गते स्वदेश फिर्ता हुने कार्यक्रम छ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.