No.1 News Portal from Sudurpashchim Province
bajaj

किसानलाई धान बाली भित्र्याउने चटारो

गोकुलेश्वर। किसानलाई खेतमा पाकेर पहेँलपुर भएको धान बाली काटेर भित्र्याउने चटारो बढेको छ ।

दिनदिनै बदली भएर देखिने खराब मौसमका कारण धान बाली पनि भित्र्याउनै पर्ने बाध्यता देखिएको छ ।”

pm office

किसानको मुख्य आम्दानी स्रोतका रूपमा धानबाली रहेको छ । कृषकले आफूलाई आवश्यक पर्ने धान घरमा भण्डारण गरी बढी भएको धान स्थानीय व्यापारीलाई बिक्री गरेर खर्चको जोहो गर्ने गरेका छन् । अधिकांश क्षेत्रफलको जग्गामा असार दोस्रो हप्तासम्म रोपिएको धान पाकेर बाला झुलिसकेको छ । प्रदेशको तराईका दुई जिल्ला कैलाली र कञ्चनपुरमा उत्पादन हुने धान पहाडका सात जिल्लामा आपूर्ति हुने गरेको छ।

कृषि विकास निर्देशनालयको तथ्याङ्कअनुसार प्रदेशमा कूल एक लाख ८१ हजार ३९६ हेक्टर जग्गामा बर्खे धान खेती हुने गरेको छ । 

सबैभन्दा बढी तराइको जिल्ला कैलालीमा ७२ हजार ५०० हेक्टर र कञ्चनपुरमा ४८ हजार ४९० हेक्टर जग्गामा धान खेती हुने गरेको छ । यस्तै पहाडी क्षेत्रका डोटी, डडलेधुरा, बाजुरा, बैतडी, बझाङ, दार्चुला र डडेलधुरा जिल्लामा गरी झण्डै ६० हजार ४०६ हेक्टरमा यो खेती हुने गरेको छ । 

बर्खे धानको वार्षिक उत्पादन पाँच लाख ८६ हजार ३५३ मेट्रिक टन हुन्छ । पछिल्ला वर्षमा धान बालीको उत्पादन र उत्पादकत्व बढ्दै गएको जनाइएको छ ।

 

 

 

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.