गोकुलेश्वर। दार्चुलाको दुहुँ गाउँपालिकाले शिक्षक आन्दोलनका नाममा विद्यालय बन्द गरेको खण्डमा कारबाही गर्ने जनाएको छ ।
बुधबार (आज) गाउँपालिकाले एक सुचना जारी गर्दै शिक्षक आन्दोलनका नाममा विद्यालय बन्द गरि पठनपाठन लगायत नियमित कार्य संचालन नगर्ने प्रधानाध्यापक, शिक्षक र विद्यालय कर्मचारीलाई नियमानुसार कारबाही गर्ने जनाएको छ ।

शिक्षकहरुले आफ्ना माग पूरा गर्ने नाममा बालबालिकालाई पठनपाठनबाट बञ्चित गर्नु उपयुक्त नहुने पालिकाले ठहर छ । मागहरु कानुन बमोजिम सम्बन्धित निकाय समक्ष राख्न सकिने भएता पनि बालबालिकाको शिक्षण सिकाई नियमित र प्रभावकारी रुपमा सिकाई उपलब्धिमा सुधार गर्नु शिक्षकको एकमात्र ध्येय हुनुपर्नेमा बालबालिकाको सिकाईमा बाधा उत्पन्न हुने गरि विद्यालय बन्द गर्ने कार्य स्विकार्य नहुने सुचनामा भनिएको छ ।
नियमित रुपमा कानुनतः बिदा बाहेक असोेज ४ गते देखि नियमित विद्यालयमा उपस्थित भएर पठनपाठन संचालन गर्न प्रधानाध्यापक,शिक्षक र विद्यालय कर्मचारीलाई अनुरोध गरिएको छ ।
साथै विद्यालय खुले नखुलेकोबारे विद्यालय व्यवस्थापन समिति र अभिभावकहरुलाई अनुगमन गरि जानकारी गराउन हुन समेत जानकारी गराएको छ ।
