गोकुलेश्वर। दार्चुलाको शैल्यशिखर नगरपालिकाले लामो समयदेखि गोकुलेश्वर बजारको फोहोर नउँठाएको भन्दै गोकुलेश्वरवासीले सडकमै फालेको फोहोर इलाका प्रहरी कार्यालय गोकुलेश्वरका इन्चार्ज एवं प्रहरी निरीक्षक मानसिंह ऐरी नेतृत्वको टोलीले उठाएको छ ।
प्रहरी निरीक्षक ऐरी आफै बेल्चा हातमा लिइ सडकमा फालेको फोहोर उठाउनमा लागेका हुन् । उनी नेतृत्वको प्रहरी टालीले सडकमा फालिएको फाहोर उठाइ सडक सरसफाई गरेपछि यातायात सेवा सुचारु भएको हो ।
शैल्यशिखर नगरपालिकाले लामो समयदेखि जिल्लाको दोस्रो मुख्य ठुलो बजार तथा शैल्यशिखर नगरपालिकाको सदरमुकाम गोकुलेश्वर बजारबाट निस्किने फोहरमैला नगरपालिकाले व्यवस्थापन नगरेको भन्दै स्थानीय तथा व्यापारीहरुले बुधबार (आज) फोहोर संकलन गरेर सडकमै फाली विरोध प्रदर्शन गरेका थिए ।
गोकुलेश्वर बजारबाट निस्किने फोहरमैला व्यवस्थापनबारे गोकुलेश्वरवासी र शैल्यशिखर नगरपालिकाका मेयर विजयसिंह धामी बिच नगरपालिकाको कार्यालयमा भएको वार्ता निश्कर्षविहिन बनेपछि फोहोरको डंगुर बजारको बिच सडकमै थियो ।

वार्ता निश्कर्षविहिन बनेपछि गोकुलेश्वर बजारको बिच सडकमै रहेको फोहोरको डंगुर प्रहरी निरीक्षक ऐरी नेतृत्वको टोलीले बिच सडकबाट हटाएको हो ।
बुधबार नगरपालिकाका जनप्रतिनिधि,कर्मचारी संविधान दिवसको उपलक्ष्यमा नगरपालिकाको कार्यालयबाट प्रभातफेरी निकालेर गोकुलेश्वर बजार पुग्ने बेला गोकुलेश्वरवासीले बजार क्षेत्रमा थुप्रिएको फोहोर उनीहरुको अगाडी फालेका थिए । सडकमा फालिएको फोहर छिचोल्दै र्याली गएको थियो ।
हेनुहोस् तस्बिरहरु :





