गोकुलेश्वर। दार्चुलाको शैल्यशिखर नगरपालिकाले लामो समयदेखि गोकुलेश्वर बजारको फोहोर नउँठाएपछि गोकुलेश्वरवासीले फोहोर संकलन गरेर बजारमै फाली सवारी साधन आवजजावत बन्द गरेका छन् ।
जिल्लाको दोस्रो मुख्य ठुलो बजार तथा शैल्यशिखर नगरपालिकाको सदरमुकाम गोकुलेश्वर बजारबाट निस्किने फोहरमैला विगत लामो समयदेखि नगरपालिकाले व्यवस्थापन नगरेको भन्दै स्थानीय तथा व्यापारीहरुले बुधबार (आज) फोहोर संकलन गरेर सडकमै फाली विरोध प्रदर्शन गर्दै सवारी साधन आवत जावत बन्द गरेका हुन् ।
नगरपालिकाका कर्मचारी,जनप्रतिनिधिहरु संविधान दिवसको उपलक्ष्यमा नगरपालिकाको कार्यालयबाट प्रभातफेरी निकालेर गोकुलेश्वर बजार पुग्ने बेला गोकुलेश्वरवासीले बजार क्षेत्रमा थुप्रिएको फोहोर उनीहरुको अगाडी फालेका हुन् । सडकमा फालिएको फोहर छिचोल्दै र्याली गएको थियो ।
बजारबाट संकलित फोहोर मैलाको नगरपालिकाले उचित व्यवस्थापन नगर्दा लामो समयदेखि बजार क्षेत्र दुर्गन्धित बनेपछि स्थानीयले बजार क्षेत्रमा थुप्रिएको फोहोर सडकमै फाली सडक बन्दै गर्दै विरोध जनाएका हुन् ।
फोहोर व्यवस्थापन बारे समस्या राख्दा सुनुवाई नै नगरी कर्मचारी रमिते बन्ने र जनप्रतिनिधिले अनुहारसमेत नदेखाएको भन्दै सडकमै फोहोरको डंगुर थुपारी सडक बन्द गरेका हुन ।
बजारमा फोहोरको चाङ लाग्दा समेत नगरपालिकाले चाँसो नदेखाएको,अव्यवस्थित फोहोरले बजारको स्वरुप नै कुरुप भएको बताउँदै फोहर व्यवस्थापनका लागि पटकपटक नगरपालिकामा कुरा राख्दासमेत बेवास्ता गरेपछि सडकमै फोहोर फाली सवारी साधन आवतजनावत बन्द गरेको स्थानीयले बताएका छन् । उनीहरुले गोकुलेश्वर क्षेत्रमा यातायात समेत अवरुद्ध गरेका छन् ।
‘अत्याधुनिक प्रविधि बायो टेक्नोलोजी भित्राएर हाम्रो चित्त बुझाएर प्रशोधन गर्ने र फोहरलाई मोहरमा रुपान्तरण गर्न सकिन्थ्यो ।’उनीहरुले भने,‘तर नगरपालिकाले फोहर व्यवस्थापनलाई गम्भीरताका साथ लिएन, अनि हामीहरु बाध्य भएर सडकम फालेर सवारी साधन आवतजावत बन्द गरेका हौं । सरोकारवाला निकायको ध्यानाकर्षण गराउनका लागि यस्तो गरिएको हो । ’
नगरपालिकाका प्रमुख विजयसिंह धामीले बजारमै आएर हामीसित वार्ता गरेर ठोस निर्णय गरे मात्रै सडक खोल्ने स्थानीयको माग छ । उनीहरुले नगरप्रमुख वार्ता गर्न गोकुलेश्वर बजारमा नआए सडक खुला नगर्ने र नगरपालिकामा ताला लगाउने चेतावनी दिएका छन् ।

मेयर धामी निर्वाचित भएपछि एक पटक पनि गोकुलेश्वर बजारको अवस्था बुझ्न नआएको उनीहरुको आरोप छ । निर्वाचित भएपछि मेयर धामीले गोकुलेश्वर बजारमा अनुहारसमेत नदेखाएको आरोप स्थानीले लगाएका छन् ।
गत असार १२ गते गोकुलेश्वरवासीले बजारको फोहोर संकलन गरेर नगरपालिकाको परिसरमा फालेका थिए ।
नगरपालिकाले व्यवस्थापन नगरेको भन्दै स्थानीय तथा व्यापारीहरुले गोकुलेश्वर बजार क्षेत्रमा थुप्रिएको फोहोर आफैले संकलन गरि नयाँ जुक्ति निकालेर नगरपालिकाको कार्यालयको मुलगेट नगरप्रमुखको कार्यालय छेउमा नै लगेर फोहोरको डंगुर थुपारेका थिए ।
त्यसपछि १३ असारमा गोकुलेश्वर बजारका स्थानीय तथा व्यापारीहरुले तत्काल फोहोर व्यवस्थापन गर्नुपर्नेे माग राख्दै नगरपालिकालाई ध्यानाकर्षण समेत गराएका थिए ।
स्थानीय तथा व्यापारी शंकर साउँद नेतृत्वको टोलीले नगरपालिकाकाले तत्काल गोकुलेश्वर बजारको फोहोर व्यवस्थापन गर्नुपर्ने माग राख्दै नगरपालिकाकालाई ध्यानाकर्षण पत्र बुझाएका थिए ।
ध्यानाकर्षण पत्र बुझ्र्दै नगरपालिकाका उपप्रमुख शान्ति खडायतले एक हप्ता भित्रमा नै नगरपालिकाले फोहोर व्यवस्थापन गर्ने बताएकी थिइन् । तर, ३ महिना बितिसक्दा समेत नगरपालिकाले फोहोर व्यवस्थापन नगरेपछि गोकुलेश्वरवाशीले नगरेपछि गोकुलेश्वरवाशीले बजारमै फोहोर फाली सवारी साधन आवजजावत बन्द गरेका हुन् । नगरपालिकाले फोहर व्यवस्थापन ध्यान नदिँदा चर्को आलोचना भइरहेको छ ।
हेनुहोस् तस्बिरहरु :
