डिलाशैनीको आग्रह : सार्वजनिक स्थानमा राखिएका अनधिकृत निर्माण सामग्री हटाउ
हरिनगर खेलमैदान अगाडिका घर-टहरा हटाउन ३५ दिने सूचना जारी
गोकुलेश्वर। बैतडीको डिलाशैनी गाउँपालिकाले गाउँपालिका अन्तरगत राष्ट्रिय राजमार्ग लगायत विभिन्न सार्वजनिक स्थानमा अनधिकृत रुपमा राखिएका निर्माण सामग्री हटाउन आग्रह गरेको छ ।
शुक्रबार गाउँपालिकाले एक सुचना जारी गर्दै गाउँपालिका अन्तरगतका राष्ट्रिय राजमार्ग लागायत विभिन्न सडक तथा सार्वजनिक स्थानमा अनधिकृत रुपमा जथाभावि निर्माण सामग्री भण्डारण गर्ने तथा सवारी साधन जथाभावी पार्किङ गरी सार्वजनिक आवागनमा अवरोध पुगेको हुँदा त्यस्ता निर्माण सामग्री हटाउन र सार्वजनिक स्थानमा सवारी साधनहरु जथाभावी पार्किङ नगर्न आग्रह गरेको छ ।

त्यस्तै, डिलासैनी गाउँपालिका—५ हरिनगरमा खेलमैदान र झोलुङ्गे पूल निर्माण कार्य सुचारु हुने भएकाले सो स्थान रहेका घर—टहरा हटाउन पनि आग्रह गरेको छ । सो ठाउँमा निमार्ण गरिएका घर टहरा ३५ दिनभित्र हटाउन अनुरोध गरेको छ ।
सूचनाको बेवास्ता गरि अनधिकृत रुपमा जथाभावि राखिएका निर्माण सामग्री र हरिनगर स्थितका घर—टहरा नहटाएमा गाउँपालिकाले प्रचलित कानुन बमोजिम कारबाही गर्ने जनाएको छ ।




