गोकुलेश्वर। मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड गोकुलेश्वर शाखाले आफ्ना व्यवसायी ग्राहकहरुको लागि पहिलो पटक क्यू आर सेवाको सुचारु गरेको छ ।
दार्चुलाको शैल्यशिखर नगरपालिका—९ गोकुलेश्वर स्थित रहेको मिर्मिरे लघुवित्त वित्तीय संस्थाले छिटो छरितो,नगदरहित र डिजिटल कारोबारका लागि पहिलो पटक क्यू आर सेवाको सुचारु गरेको हो ।

आफ्ना ग्राहकहरुले यस अगाडी मोवाइल बैंकिङ मार्फत कारोवार गर्ने सुविधा प्रयोग गर्दै आएकोमा नेपाल राष्ट्र बैंकबाट अनुमती प्राप्त गरी नगद रहित कारोवारलाई प्रवद्र्धन गर्ने उद्देश्यले क्यू आर सेवा सुचारु गरेको गोकुलेश्वर शाखाका प्रमुख भरत महताले बताए ।
उनका अनुसार करिब एक दर्जन बढी ग्राहकहरुलाई क्यू आर वितरण गरिएका छन् ।
क्यू आर कोडबाट भुक्तानी लिन तथा अन्य ग्राहकहरुले भुक्तानी दिन सहज हुनुको साथै मिर्मिरे मोवाइल एप मार्फत वित्तीय कारोवारहरु,बचत विवरण बुझ्ने, किस्ता तिर्ने, खानेपानी तथा इन्टरनेट लगायतका शुल्कहरु समेत भुक्तानी गर्न सकिने छ ।
