गोकुलेश्वर। दार्चुलाको अपिहिमाल गाउँपालिकाले पर्यटन प्रबद्र्धन क्षेत्रमा सामाजिक सञ्जालको उपादेयतालाई मध्यनजर गर्दै पालिका भित्र रहेका पर्यटकीय क्षेत्रहरुको प्रचारप्रसार गर्ने उद्धेश्यले टिकटक प्रतियोगिता गर्ने भएको छ ।
गाउँपालिकाले एक सुचना जारी गदैँ पालिका भित्र रहेका पर्यटकीय क्षेत्रहरुको प्रचारप्रसार गर्न तथा भम्रण वर्ष २०८० र विश्व पर्यटन वर्ष २०८० का लागि टिकटक प्रतियोगिता आयोजना गर्न लागिएको सुचनामार्फत जानकारी गराएको हो ।
प्रतियोगितामा सहभागि हुन इच्छुकहरुले अपि हिमालको पर्यटन क्षेत्र, साँस्कृतिक र भेषभुषा झल्किने गरी अपि हिमाल भम्रण वर्ष २०८० र विश्व पर्यटन दिवस २०८० अभियानलाई लक्षित गरेको न्युनमत १ देखि ३ मिनेटको टिकटक भिडियो बनाउनु पर्ने छ ।

सो टिकटक भिडियो आफ्नो टिकटक आइडीबाट अपिहिमाल गाउँपालिकालाई अनिवार्य ट्याग गरी असोज १ गते बिहान ८ बजे पछि मात्र सार्वजनिक गरी अपि हिमाल भम्रण वर्ष २०८० उल्लेख गर्नुपर्ने छ ।
भिडियोलाई मुल्याङन समितिले मुल्याङन गरी प्रथम हुनेलाई रु १० हजार,द्धितिय ७ हजार ५ जना अन्य सहभागीहरुलाई ३ हजार रुपैयाँका दरले सान्त्वना पुरुस्कार तथा प्रमाणपत्र सहित सम्मानित गरिने छ ।
टिकटक भिडियोमा अगामी असोज ७ गते दिउँसो १२ बजेसम्म प्राप्त भ्यूज,लाइक र सेयर बापत ४० प्रतिशत र विषयबस्तुको गहनता, प्रस्तुतिकरण आदिका आधारमा मुल्याकंन समितिको आधारमा ६० प्रतिशत भार विनीयोजन गरिने छ ।




