No.1 News Portal from Sudurpashchim Province
bajaj

शैल्यशिखर नगरपालिकामा आज शोक विदा

गोकुलेश्वर।दार्चुलाको शैल्यशिखर नगरपालिकाले मंगलबार (आज) शोक विदा दिएको छ । 

नगरपालिकाले सोमबार एक सूचना जारी गर्दै शैल्यशिखर नगरपालिका—२ का वडा सचिव एवं कृषि शाखा नायव प्राविधिक सहायक खेमराज कपाडीको मोटरसाइकल दुर्घटनामा परि निधन भएकोले नगरपालिकाले विदा दिएको जनाएको हो ।

pm office

शैल्यशिखर—२ रौतेउडा घरभएका २८ वर्षीय कपाडीको बैतडीको दोगडाकेदार गाउँपालिका—५ सल्सेनामा मोटरसाइकल दुर्घटनामा परि मृत्यु भएको थियो ।

कपाडी आइतबार बिहान ४ बजे घरबाट डडेल्धुरा तालिमका सहभागिहुन् हिंडेका कपाडीको शव र मोटरसाइकल सोमबार सल्सेनाको भरिमा भेटिएको थियो । 

मोटरसाइकल सडकबाट तल भिरमा करिब १ सय ५० मिटरमा भेटिएको थियो भने शव सोही भन्दा अलि माथि भिरमा भेटिएको थियो ।

 

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.