गोकुलेश्वर।दार्चुलामा झण्डै ९ किलो लागूऔषध चरेससहित दुई जना पक्राउ परेका छन् ।
मंगलबार (आज) विहान साढे आठ बजेतिर जिल्लाको शैल्यशिखर नगरपालिका—९ नायलबाट एक महिला र पुरुष चरेससहित पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा बैतडीको पुर्चौडी नगरपालिका—४ भटनाकी ३५ वर्षीया भावना धामी र सोही ठाउँका ४४ वर्षिय जयबहादुर धानुक रहेका छन् ।

भावनाले बोकेको कालो झोलाबाट ६ किलो र जय बहादुरले बोकेको झोलाबाट २ किलो ८ सय ५० ग्राम चरेससहित बरामद गरि नियन्त्रणमा लिएको हो ।
विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय गोकुलेश्वरका इन्चार्ज एवं प्रहरी निरीक्षक मानसिंह ऐरीको टोलीले चेकजाँच गर्दा उनीहरुको साथबाट झण्डै ९ किलोग्राम चरेस बरामद गरि पक्राउ गरिएको हो ।
दुवै जनालार्ई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी ज्ञानेन्द्र बहादुर सिंहले बताए ।
