गोकुलेश्वर । सम्पर्क विहिन दार्चुलाको शैल्यसिखर नगरपालिका वडा नं २ का वडा सचिव एवं कृषि शाखा नाप्रास खेमराज कपाडी मृत भेटिएका छन् । शैल्यसिखर–२ रौतेउडा घरभएका २८ बर्षीय कपाडी बैतडीको दोगडाकेदार गाउँपालिका ५ सल्सेनामा मृत भेटिएका हन् ।

आइतबार बिहान डडेल्धुरा तालिमका लागि हिंडेका कपाडीको शव र मोटरसाइकल सोमबार भेटिएको छ । मोटरसाइकल सडकभन्दा १सय ५० मिटर तल भेटिएको छ भने, मृतकको शव सडकबाट २सय मिटर तल भेटिएको प्रहरीले बताएको छ ।
कपाडी सोमबार बिहान १० बजे डडेल्धुरा स्थीत तालिममा सहभागी हुन बिहानै ४ बजे घरबाट हिंडेका पारिवारिका स्रोतले बताएको छ । घटनाका बिषयमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।



