No.1 News Portal from Sudurpashchim Province
bajaj

बाजुरामा दुई युवकमाथि सामूहिक कुटपिट, मायामेट्रोमा उपचार हुदै

गोकुलेश्वर । बाजुरामा दुई युवकमाथि सामूहिक कुटपिट भएको छ। जिल्लाको बुढीगंगा नगरपालिका–६ नोबिस साइलका राजकुमार नाथ र अछामका दर्शन शाहमाथि कुटपिट भएको हो।

pm office

खप्तड छेडेदह गाउँपालिकाको छेडेदह तालमा ती युवकमाथि कुटपिट भएको हो। कुटपिट गर्ने समूहले खुकुरी, नक, काठले हानेको बताइएको छ। घाइते दुबै जनाको अहिले धनगढीस्थित मायामेट्रो अस्पतालमा उपचार भइरहेको छ।

जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख डिएसपी कबिन्द्रसिंह बोहराले कृष्ण जन्माष्टमीको दिन झगडा भएको र सो घटनाका एक जनालाई नियन्त्रणमा लिएको बताए।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.