No.1 News Portal from Sudurpashchim Province
bajaj

सांसद सुरेन्द्र पालको विशेष पहलले हेलिकोप्टरमार्फत महिला र बालकको उद्धार

प्रहरी निरीक्षक मानसिंह ऐरीको आग्रहमा बालकको हेलिकोप्टरमार्फत उद्धार

सोमबार (आज) करिब साढे १२ बजेतिर बैतडीको डिलाशैनी गाउँपालिका—६ बङगाबगरकी ४० वर्षीया कलावती नाथ घर नजिकै बङगाबगरबाट घाँस काटेर घर फर्कने बेला १३२ केभिएको विद्युतको हाइटेन्सन तारमा घाँसको भारी लाग्दा करेन्ट लागेर गम्भीर घाइते भइन् ।

उनको करेन्ट लागेर पुरै शरिर जल्यो । उनलाई करेन्ट लागेपछि दार्चुलाको दार्चुलाको गोकुलेश्वर अस्पतालमा ल्याइयो । अस्पतालमा उनको सामान्य उपचार गरियो ।

उनको शरिर पुरै करेन्ट लागेर जलेका कारण यहाँ उपचार सम्भव थिएन । उनको उपचार यहाँ सम्भव नभएपछि आफन्त अन्य सुविधा सम्मपन्न अस्पताल लान तयारी गर्न थाले । 

सोही घटना सुनेर बैतडी प्रदेश सभा क्षेत्र (क) का सांसद एवं नेकपा एमाले सुदूरपश्चिमका प्रमुख सचेतक सुरेन्द्र पाल गोकुलेश्वर अस्पताल पुगे । 

उनले अस्पताल पुगेर घाइतेलाई भेटे । घाइतेको अवस्था गम्भीर थियो । पुरै शरिर करेन्ट लागेर जलेको थियो । आफन्त लगायत अन्यले विद्युत प्राधिकरणको लापरवाहिका कारण यस्तो घटना घटेको जानकारी उनलाई सुनाए ।

सांसद पालले सो घटनाबारे नेपाल विद्युत प्राधिकरण सुदूरपश्चिम प्रदेश,प्रादेशिक कार्यालय अत्तरियालाई सम्पुर्ण जानकारी गराए । 

नेपाल विद्युत प्राधिकरणको चरम लापरवाहिले घटना घटेको प्रादेशिक कार्यालय अत्तरियाका प्रमुखलाई जानकारी गराए । पालले घाइतेको सबै खर्च प्राधिकरणले बेहोर्नु पर्ने कुरा राख्र्दै घाइतेको अवस्था गम्भीर भएकाले तत्कालै सबै कागजी प्रक्रिया अगाडी बढाई सबै खर्च प्राधिकरणले बेहोर्ने भनि कागज पत्र जिल्ला प्रशासन कार्यालय बैतडीलाई पठाउन आग्रह गरे । 

घटनाबारे सबै जानकारी उनले जिल्ला प्रशासन बैतडीलाई पनि जानकारी गराए । अवस्था गम्भीर भएकाले हेलिकप्टरमार्फत उद्धार गर्नुपर्ने जानकारी प्रशासन बैतडीलाई गराए । 

pm office

प्राधिकरणले कागजी प्रक्रिया अगाडी बढाई सबै खर्च आफुले बेहोर्ने भनि जिल्ला प्रशासन कार्यालय बैतडीलाई पठाएपछि उद्धारका लागि हेलिकप्टर आउने फिक्स भयो ।

त्यस्तै,पालले घाइतेको अवस्था गम्भीर रहेको र तत्कालै हेलिकप्टरमार्फत उद्धार गर्नुपर्ने भएकाले केन्दीय मन्त्रालय सम्म जानकारी गराई हेलिकप्टर पठाउन सहयोग गर्न सबैलाई आग्रह गरे । नाथको उद्धार गर्न हेलिकप्टर आउने निश्चित भयो ।

त्यही बेला दार्चुलाको शैल्यशिखर नगरपालिका—१ बलाच बाँज बस्ने लोकेन्द्र खडायत का ५ वर्षीय छोरा आरुष खडायतलाई जीपमा ल्याई आफ्न्त गोकुलेश्वर अस्पताल पुगे । आरुष रक्ताम्मे र अचेत अवस्थामा अस्पताल पुगेका थिए । 

उनी घरको छतबाट खसेर गम्भीर घाइते थिए ।उनको बाँया हात,मुख,टाउँकोमा गम्भीर चोट लागेको थियो । उनको अस्पतालमा सामान्य उपचारपछि उनलाई पनि थप उपचारको लागि अन्यन्त्र लग्नु पर्ने थियो ।

केही बेरपछि सुर्खेतबाट नेपाली सेनाको हेलिकप्टर करेन्ट लागेर गम्भीर घाइते नाथलाई नेपालगञ्ज लग्न आयो ।करेन्ट लागेर गम्भीर घाइते भएकी नाथको उद्धारका लागि सुर्खेतबाट नेपाली सेनाको हेलिकोप्टर मगाइएको थियो ।

नाथलाई हेलिकोप्टरमा राखियो । सोही हेलिकप्टरमा राखेर बालक खडायतको पनि अवस्था गम्भीर रहेकाले नेपालगञ्ज लग्न सांसद पाल र इलाका प्रहरी कार्यालय गोकुलेश्वरका इन्चार्ज एवं प्रहरी निरीक्षक मानसिंह ऐरीले हेलिकोप्टरका क्याप्टेनलाई आग्रह गरे । सो हेलिकोप्टर मार्फत दुवै जनालाई थप उपचारको लागि नेपालगञ्ज लगियो ।

सांसद पालको विषेश पहलमा नेपाली सेनाको हेलिकप्टर मार्फत उनीहरुको उद्धार गरिएको हो । नेपाल विद्युत प्राधिकरणको लापरवाहिका कारण यस्तो घटना घटेको पालले दाबी गरे ।

नेपाल विद्युत प्राधिकरण सुदूरपश्चिम प्रदेश, प्रादेशिक कार्यालय अत्तरियाले उनको सबै उपचार खर्च बेहोर्नु गरि हेलिकप्टर मगाइएको सांसद पाल बताउछन् । 

नेपाल विद्युत प्राधिकरण सुदूरपश्चिम प्रदेश, प्रादेशिक कार्यालय अत्तरियाले घाइतेको सबै उपचार खर्च व्यहोर्नुपर्ने गरि जिल्ला प्रशासन कार्यालय बैतडीलाई पत्र पठाउएको र घाइतेको सबै उपचार खर्च प्राधिकरणले बेहोर्ने सांसद पाल बताउँछन् ।

 

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.