शैल्यशिखर-४ स्थित भुवनेश्वरी आविको ३ कोठे भवनको शिलन्यास
शैल्यशिखरलाई नमुना पालिका बनाउँने मेयर धामीको दाबी
गोकुलेश्वर।दार्चुलाको शैल्यशिखर नगरपालिका—४ सल्लेधार स्थित भुवनेश्वरी आधारभुत विद्यालयको ३ कोठे भवनको शिलन्यास गरिएको छ ।
नेकपा एमाले पोलिटब्युरो सदस्य एवं पूर्व संघिय मालिला तथा सामान्य प्रशासन मन्त्री गणेशसिंह ठगुन्नाको प्रमुख आथित्यमा र शैल्यशिखर नगरपालिकाका प्रमुख विजयसिंह धामी,नगरउपप्रमुख शान्ति खडायत लगायत अन्यको सहभागितामा विदालय भवनको शिल्यान्यास गरिएको हो ।
विद्यालय भवनको शिलन्यास गर्दै ठगुन्नाले आफु दार्चुलाको विकाशका लागि दिलो ज्यान लगाएर निरन्तर काम गर्ने प्रतिद्धता जनाए ।

त्यस्तै,शिलन्यास कार्यक्रममा बोल्दै शैल्यशिखर नगरपालिकाका मेयर धामीले आफ्नो कार्यकाल भित्र शैल्यशिखरलाई नमुना पालिकाको रुपमा चिनाउने बताए ।
शैल्यशिखरमा शिक्षा,स्वास्थ्य,खानेपानी,विद्युत, भौतिक निमार्ण,सडक सञ्जाल लगायत विकाश निमार्णका कामहरुले फड्को मार्दै जाने दाबी मेयर धामीले गरे ।
‘मेरो कार्यकाल भित्रै शैल्यशिखरलाई नमुना पालिका बनाउँछु ।’उनले भने,‘ शिक्षा,स्वास्थ्य,खानेपानी,विद्युत, भौतिक निमार्ण, सडक सञ्जाल लगायतका विकाश निमार्णमा अझै थुप्रै काम गर्नु छ । त्यो मेरै कार्यकाल भित्र हुन्छ । म कम बोल्छु काम धेरै गर्छु । म काम गर्नलाई आएको हु । काम गरेर देखाउँछु ।मेरै कार्यकालमा शैल्यशिखर समृद्ध बन्छ ।’
शैल्यशिखर नगरपालिकाकी पूर्व उपप्रमुख राजमती बम पाल सोही विद्यालयकी शिक्षिका भएपनि विद्यालय भवनको निमार्ण भएको थिएन । विद्यालयको भवन एकदमै जिर्ण अवस्थामा रहेको छ ।



