No.1 News Portal from Sudurpashchim Province
bajaj

करेन्ट लागेर गम्भीर घाइते डिलाशैनीकी नाथ र घरको छतबाट खसेर गम्भीर घाइते शैल्यशिखरका बालकको हेलिकोप्टरमार्फत उद्धार

गोकुलेश्वर। करेन्ट लागेर गम्भीर घाइते भएकी बैतडीकी एक महिलाको र घरको छतबाट खसेर गम्भीर घाइते भएका दार्चुलाका एक बालकको नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ ।

करेन्ट लागेर गम्भीर घाइते भएकी बैतडीको डिलाशैनी गाउँपालिका—६ बङगाबगरकी ४० वर्षीया कलावती नाथ र घरको छतबाट खसेर गम्भीर घाइते भएका दार्चुलाको शैल्यशिखर नगरपालिका—१ बलाच बाँज बस्ने लोकेन्द्र खडायतको ५ वर्षीय छोरा आरुष खडायतको नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरि उपचारका लागि नेपालगञ्ज लगिएको हो ।

pm office

आज करिब साढे १२ बजेतिर नाथ नजिकै बङगाबगरबाट घाँस काटेर घर फर्कने बेला विद्युतको हाइटेन्सन तारमा घाँसको भारी लाग्दा करेन्ट लागेर गम्भीर घाइते भएकी थिइन् ।

करेन्ट लागेर नाथको पुरै शरिर जलेको छ । उनलाई दार्चुलाको गोकुलेश्वर अस्पतालमा सामान्य उपचार गरेपछि अबस्था गम्भीर भएकाले थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टर मार्फत नेपालगञ्ज पठाईएको हो ।

त्यस्तै, ५ वर्षीय बालक आरुष खडायत घरको छतबाट खसेर गम्भीर घाइते भएका थिए । उनको बाँया हात,मुख,टाउँकोमा गम्भीर चोट लागेको थियो ।

उनलाई पनि थप उपचारका लागि हेलिकप्टर मार्फत नेपालगञ्ज लगिएको हो । सुर्खेतबाट नेपाली सेनाको हेलिकोप्टर मगाएर उनीहरुलाई थप उपचारका लागि नेपालगञ्ज लगिएको हो ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.