गोकुलेश्वर। दार्चुलामा चरेशसहित एक जना पक्राउ परेका छन् ।जिल्लाको मार्मा गाउँपालिका—२ कोटथलाका रामसिंह धामी आधा किलो चरेशसहित पक्राउ परेका हुन् ।

मार्मा गाउँपालिका—२ सेलबिसास्थित पसल संचालन गरिरहेका धामीलाई प्रहरीले शुक्रबार दिउँसो साढे चार बजेतिर पसलबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार विशेष सूचनाको आधारमा पसलमा छापा हान्दा ५ सय ६५ ग्राम चरेश सहित पक्राउ गरिएको हो ।उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ ।



