गोकुलेश्वर । एसिया कप क्रिकेटमा नेपालले पाकिस्तानसँगको खेलमा टस हारेर पहिला बलिङ गर्ने भएको छ ।
मुल्तान क्रिकेट स्टेडियममा टस जितेर पाकिस्तानका कप्तान बाबर आजमले पहिला ब्याटिङ गर्ने भएपछि नेपालले बलिङको निम्तो पाएको हो ।
१६ औँ संस्करणको एसिया कप आजदेखि शुरु भएको हो । यस्तै नेपालले दोस्रो खेलमा आउँदो सोमवार भारतसँग खेल्दैछ ।

एसिया कप यही ३१ गतेसम्म पाकिस्तान र श्रीलंकामा हुनेछ । समूह ए मा नेपाल, भारत र पाकिस्तान छन् । समूह बी मा बङ्गलादेश, श्रीलङ्का र अफगानिस्तान छन् ।
नेपालले गएको वैशाखमा घरेलु मैदान कीर्तिपुरमा एसीसी प्रिमियर कपको उपाधि जित्दै पहिलो पटक एसिया कप खेल्न लागेको हो । नेपालले आफ्नो क्रिकेट इतिहासमा पहिलो पटक भारत र पाकिस्तानसँग खेल्न लागेको हो ।
नेपालको प्लेइङ–११
कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), रोहित कुमार पौडेल (कप्तान), आरिफ शेख, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, गुलसन झा, सोमपाल कामी, करण केसी र सन्दीप लामिछाने, ललित राजवंशी ।
पाकिस्तानको प्लेइङ–११
फखार जमान, इमाम उल हक, बाबर आजम कप्तान, मोहम्मद रिजवान (विकेटकिपर), अघा अली सलमान, इफ्तिखर अहमद, सादब खान, मोहम्मद नवाज, शाहिन शाह अफ्रिदी, नसिम शाह र हरिस रौफ ।



