No.1 News Portal from Sudurpashchim Province
bajaj

नेकपा एमाले दार्चुलाको जिल्ला अधिवेशन मंसिर दोस्रो साता हुने

गोकुलेश्वर । नेकपा एमाले दार्चुलाको जिल्ला कमिटी अधिवेशन आगामी मंसिर दोस्रो साता हुने भएको छ । नेकपा जिल्ला कमिटी दार्चुलाको १२ औं पूर्ण बैठकले जिल्ला अधिवेशनको मिति तय गरेको हो ।

pm office

नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष प्रेमसिह धामी तथा एमाले पोलिटव्यूरो सदस्य गणेशसिह ठगुन्नाको प्रमुख आतिथ्य र दार्चुला इन्चार्ज सहदेव बोगटीको आतिथ्यमा बसेको बैठकले ९ औं जिल्ला अधिवेशन सदरमुकाम खलंगामा गर्ने निर्णय गरेको नेकपा एमाले जिल्ला कमिटी उपसचिव एवं प्रचार तथा प्रकाशन विभाग प्रमुख खडक बडालले बताए।

बैठकमा पालिका तथा वडास्तरमा भएका गतिविबारे रिपोर्टिङ गरिएको र स्थानीय प्रदेश र संघको निर्वाचनको क्रममा अन्तरघात गरेको भन्दै परेको उजुरीमाथि छानबीन गर्न इन्द्रसिह विष्टको संयोजकत्वमा छानबीन समिति गठन गरेको एमालेले जनाएको छ ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.