No.1 News Portal from Sudurpashchim Province
bajaj

काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षमा ६५ करोड राजस्व सङ्कलन

काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षमा ६५ करोड ४२ लाख ३० हजार रुपियाँ राजस्व सङ्कलन गरेको छ ।

महानगरपालिकाले  आव २०७७र७९ को साउन महिनामा ४३ करोड ५३ लाख ४३ हजार रुपियाँ राजस्व सङ्कलन गरेको थियो ।

pm office

गत आवको तुलनामा २२ करोड रुपियाँ राजस्व बढी सङ्कलन भएको हो । यस्तै आव २०७७र७८ मा साउन महिनामा २६ करोड ३९ लाख ५३ हजार रुपियाँ राजस्व सङ्कलन भएको थियो ।

साउन महिनामा सम्पत्ति करबापत १२ करोड ५८ लाख ८४ लाख रुपियाँ राजस्व सङ्कलन भएको छ । भूमिकररमालपोतबापत २३ लाख ७८ हजार रुपियाँ, घरबहाल करबापत ३१ करोड ६० लाख १८ लाख रुपियाँ राजस्व सङ्कलन, आन्तरिक अनुदान एक लाख ८७ हजार रुपियाँ, पर्यटन शुल्कबापत ७४ लाख रुपियाँ राजस्व सङ्कलन भएको जनाएको छ ।

अन्य सेवा शुल्कबापत ३४ करोड ५७ लाख २५ हजार रुपियाँ, न्यायिक शुल्कबापत ३५ हजार रुपियाँ, पार्किङ शुल्कबापत ४७ लाख २३ हजार रुपियाँ, नक्सापास दस्तुरबापत ५३ करोड ७६ लाख एक हजार रुपियाँ, व्यवसाय रजिस्टे«ेसन दस्तुरबापत ८१ करोड ८२ लाख रुपियाँ राजस्व सङ्कलन भएको महानगरले जनाएको छ ।

यस्तै प्रशासनिक दण्ड, जरिबाना र जफतबापत १९ लाख ७६ हजार रुपियाँ, नाता प्रमाणीकरण दस्तुरबापत पाँच लाख २८ हजार रुपियाँ, सिफारिस दस्तुरबापत ६४ लाख ४१ हजार रुपियाँ राजस्व सङ्कलन भएको महानगरले जनाएको छ । महानगरले गत वर्ष लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको थियो ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.