No.1 News Portal from Sudurpashchim Province
bajaj

शैल्यशिखर –५ सेतकलाकी सुना साउँदले शरीरमा मट्टीतेल छर्केर आत्मदाहको प्रयास

शैल्यशिखर नगरपालिका–५ सेतकलाकी अन्दाजी ४५ वर्षीया सुना साउँदले शरीरमा मट्टीतेल छर्केर आत्मदाहको प्रयास गरेकी छन् ।

pm office

साउँदले आज बिहान ११ बजेतिर घरमा कोहि नभएको बेला शरीरमा मट्टीतेल छर्केर आगो लगाएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए ।

साउँदको शरीरको घुँडाभन्दा माथिल्लो भाग जलेको बताइएको छ । आगो लागेको स्थानीयहरुले देखेपछि साउँदलाई उद्वार गरेर गोकुलेश्वर अस्पताल लगिएको थियो ।

जलेर गम्भीर घाइते भएकी साउँदको गोकुलेश्वरमा उपचारका हुन नसकेपछि धनगढी रेफर गरिएको प्रहरी निरीक्षक सिंहले जानकारी दिए ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.