No.1 News Portal from Sudurpashchim Province
bajaj

सिआइबीले सुन तस्करी प्रकरणमा इन्टरपोलका लागि पत्राचार

नेपाल प्रहरीले सुन तस्करी प्रकरणमा विदेशी नागरिकहरूको समेत संलग्नता देखिएकाले केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबी०ले अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन इन्टरपोल०लाई सहयोगका लागि पत्राचार गरेको छ । 

प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले इन्टरपोल हङ्कङ र भारतलाई सहयोगका लागि पत्राचार गरिएको जानकारी दिए ।

गत साउन ३ गते हङ्कङबाट ल्याइएको ६० किलो सात सय १६ ग्राम सुन राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय अगाडिबाट बरामद गरेको थियो ।

त्यसपछि अहिले सुन प्रकरणको अनुसन्धान सिआइबीले गरिरहेको छ । सिआइबीले हिजोमात्रै सुन प्रकरणका आवश्यक सूचना र जानकारी भए उपलब्ध गराइदिन अनुरोधसमेत गरेको छ ।

You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.