No.1 News Portal from Sudurpashchim Province
bajaj

नेपाल प्रहरीका १४ जना सम्पर्कविहीन

नेपाल प्रहरीले १४ जना प्रहरीलाई हाजिर हुन निर्देशन दिएको छ। प्रहरीले सूचना जारी गर्दै सात दिन भित्रमा हाजिर हुन निर्देशन दिएको हो।

तोकिएको समयमा हाजिर नभए नियमानुसार जागिरबाट हटाइने चेतावनी समेत दिएको छ।

pm office

आफूखुसी कार्यालयमा गैरहाजिर रहेको र खोजतलास गर्दा गराउँदा समेत कार्यालयको सम्पर्कमा नआउनु भएकोले हाजिर हुन आउनेबारे यो सूचना प्रकाशित गरिएको छ।

सूचना प्रकाशित भएको मितिले बाटोको म्याद बाहेक सात ९७० दिनभित्र आफू गैरहाजिर रहनुको कारण खोली सन्तोषजनक स्पष्टीकरण जवाफसहित यस कार्यालय वा सूचना जारी गर्ने कार्यालयमा हाजिर हुन आउनुहोला 

सूचनामा भनिएको छ, ‘अन्यथा तपाईंहरू उपर प्रहरी नियमावली, २०७१ को नियम ११३ को उपनियम ९१० को खण्ड ९च० को कसुरमा ऐ। नियमावलीको नियम १०९ को देहाय ९ख० ९१० बमोजिम सेवाबाट हटाउने कारबाही भइजाने हुँदा प्रहरी नियमावली, २०७१ को अनुसूची १४ को भाग ४ को प्रयोजनार्थ यसै सामूहिक सूचनाद्वारा तपाईंहरूलाई सफाइको मौका प्रदान गरिएको ब्यहोरा जानकारी गराइएको छ।’

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.