सुदूरपश्चिममा माओवादी केन्द्रको कार्य विभाजन, कसलाई के जिम्मेवारी दिइयो ?
दार्चुलाको इन्चार्ज नरेन्द्र कुवरलाई
गोकुलेश्वर। नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेशको पूर्ण बैठकले ३ महिने जनतासँग माओवादी, विशेष रुपान्तरण अभियान अन्तरगत कार्यविभाजन गरेको हो ।
बैठकले प्रदेश इन्चार्ज खगराज भट्टलाई व्यवस्थापन कार्यालय समितिको जिम्मेवारी दिइएको छ । सदस्यमा प्रदेश अध्यक्ष हरिराम चौधरी, केन्द्रीय सदस्य त्रिलोचन भट्ट, झपट साउद र रमेशसिंह धामी रहेका छन् ।

प्रचार प्रसार कार्यालय समितिको जिम्मा केन्द्रीय सदस्य ओमविक्रम भाटलाई दिइएको छ । सदस्यमा दीपेन्द्र रावल, लोक बहादुर बोहरा, जनक बुढा र अंजित श्रेष्ठ छन् ।
त्यस्तै, बैठकले केन्द्रीय सदस्यहरूको कार्यक्षेत्र सँगै जिल्ला इन्चार्जहरू पनि तोकेको छ । कैलाली इन्चार्जमा टेकेन्द्र भट्ट, कञ्चनपुर इन्चार्जमा वीरमान चौधरी, डडेल्धुरा इन्चार्जमा हरि ज्ञवाली, बैतडीमा रामप्रसाद तिमिल्सेना र दार्चुलामा नरेन्द्र कुवरलाई इन्चार्ज तोकेको छ ।
त्यस्तै,बझाङमा लालबहादुर सोडारी, बाजुरामा देवकी मल्ल, अछाममा ओमप्रकाश पुन र डोटीमा लक्ष्मीराम आचार्यलाई इन्चार्ज तोकिएको हो ।



