गोकुलेश्वर। स्मार्ट शहरहरूसम्बन्धी अन्तर्राष्ट्रिय प्रशिक्षण कार्यशालामा सहभगाी हुन धनगढी उपमहानगरपालिका नगर प्रमुख गोपाल हमाल र परशुराम नगरपालिका नगर प्रमुख भरत जोशी जापानमा जान भएका छन् ।

उनीहरुसँगै काठमाडौंका नगर प्रमुख बालेन शाह पनि जापान जानेछन् । कार्यशालमा थिम्पु, नोम फेह, सिएम रीप, बट्टाम्बाङ, चण्डीगढ, नुसानतारा, मकासर, लुआङ प्राबाङ, कोटा किनाबालु, कुचिङ सिटी साउथ, पेनाङ, काठमाडौं, धनगढी, परशुराम, सेबु, दाभाओलगायत १८ सहरका प्रमुखलाई पनि सहभागी हुनेछन् ।
संयुक्त राष्ट्र क्षेत्रीय अनुसन्धान केन्द्रद्वारा आयोजित उक्त प्रशिक्षण जापानको नागोयामा २९ अगस्ट र १ सेप्टेम्बरमा हुनेछ ।
प्रशिक्षण कार्यशालामा समावेशी, लचिलो, दिगो शहर र समुदाय निर्माणका लागि स्मार्ट शहरहरूसम्बन्धी छलफल हुनेछ।



