No.1 News Portal from Sudurpashchim Province
bajaj

अस्पतालको ब्याडबाटै शिशु गायब पार्ने प्रेमी र डाक्टर प्रहरी खोरमा

गोकुलेश्वर । विराटनगरको ग्रीनक्रस अस्पतालबाट गायब पारिएका शिशु चिकित्सकले नै बेचेको खुलासा भएको छ । मंगलबार मोरङ प्रहरीले शिशु फेला पारेपछि यो तथ्य खुलेको हो ।

‘हामीले शिशु फेला पारेका छौं’, मोरङ प्रहरीका डिएसपी रञ्जन दाहालले भने, ‘पक्राउ परेका चिकित्सक तपेश्वरलाल कर्णले मोरङ कटहरीका एक निःसन्तान दम्पतीलाई दिएको खुलेको छ । कति पैसा लिएर दिएको भन्ने खुल्न बाँकी छ ।’

प्रहरीका अनुसार मोरङको कहटरी २ की दिलमाया राजवंशीलाई डा. कर्णले शिशु दिएको खुलेको प्रहरी भनाइ छ ।

‘आजदेखि अस्पतालमा रहेका डाक्टर डिस्चार्ज भएर प्रहरीमा ल्याएका छौं। अनुसन्धान सुरू भएको छ ।’

यो प्रकरणमा प्रहरीले शिशुकी आमाको प्रेमी र चिकित्सकलाई शुक्रबार पक्रेको थियो ।

गएको असार १३ मा सुनसरी रामधुनी नगरपालिकाकी फूलकुमारी तामाङ (नाम परिवर्तन) लाई प्रसूति व्यथाले सतायो। अविवाहित उनले यो कुरा आफ्ना प्रेमी गोविन्द राईलाई सुनाइन् । गोविन्दले उनलाई विराटनगरस्थित ग्रीनक्रस अस्पताल ल्याइपु¥याए ।

pm office

उनलाई अस्पतालका स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. तपेश्वरलाल कर्णले चेकजाँच गरे। र, व्यथा अझै बढ्ने औषधि दिए । त्यसको केहीबेरपछि उनले नर्मल रूपमा छोरी जन्माइन् । भोलिपल्ट अर्थात् असार १४ मा अस्पतालले उनलाई डिस्चार्ज गर्यो। जब अस्पतालले घर जाने अनुमति दियो, फूलकुमारीको साथमा शिशु थिइनन् ।

उनले बच्चा खै भनेर सोधिन्। उनका प्रेमी गोविन्दले बच्चा अस्पतालमै रहेको, उपचारका लागि राख्नुपर्ने बताए । बिहे गर्ने वाचा गरेका प्रेमीको कुरा पत्याएर उनी प्रेमीसँगै इटहरी फर्किइन् ।

‘उहाँले मलाई बच्चा बिना नै ट्याम्पोमा राखेर इटहरी पु¥याउनु भयो। बसपार्क छेउको होटलमा कोठा लिएर राख्नुभयो । बच्चा खोइ भन्दा अस्पतालमै छ भन्नुभयो’, फूलकुमारीले भनिन् ‘दुई दिनपछि असार १६ गते मेरो काम छ, बस्दै गर्नु भन्दै होटलबाट निस्किनुभयो। त्यसपछि फर्किएर आउनु भएन । ’

आफूलाई बिहे गर्छु भन्ने वाचा गरेर बच्चासमेत जन्मिसकेको अवस्थामा प्रेमी नै बेपत्ता भएको र आफूले स्वस्थ जन्माएको शिशुसमेत साथमा नभएपछि फूलकुमारी प्रहरीकोमा पुगिन्। प्रहरीले उनले दिएको जाहेरी अनुसार अनुसन्धान थाल्यो। अन्ततः शुक्रबार प्रेमी र प्रसूति गराउने चिकित्सकलाई पक्राउ गर्यो ।

प्रहरीले डा. तपेश्वरलाल कर्ण र प्रेमी गोविन्द राईलाई पक्राउ गरेको हो ।

स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा कर्ण कोशी अस्पतालका पूर्व प्रमुख (मेडिकल सुपरिटेन्डेन्ट) हुन् । पक्राउ परेका २७ वर्षे राई भोजपुर हतुवागढी गाउँपालिका–४ का बासिन्दा हुन् ।

‘असार १३ मा नर्मल रूपमा २६ वर्षीया अविवाहित युवतीले अस्पतालमा बच्चा जन्माएको पाइएको छ’, मोरङ प्रहरीका डिएसपी रञ्जन दाहालले भने, ‘त्यसरी जन्माइएको शिशु गायब भएको खुलेपछि चिकित्सक र ती युवकलाई पक्राउ गरिएको थियो । मंगलबार शिशु पनि फेला पार्यौं । ’

मोरङ प्रहरीका अनुसार ती युवतीको वास्तविक नाम अर्कै हो। तर, अस्पताल भर्ना हुने बेलामा फूलकुमारी नाम राखेर अस्पताल भर्ना भएका थिए। अविवाहित व्यक्तिबाट जन्मेको भन्दै शिशुको व्यवस्थापन गर्ने जिम्मा डा. कर्णले लिएको प्रहरी भनाइ छ ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.