गोकुलेश्वर। नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ३८४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका विभिन्न प्रयोगशालामा गरिएको ८ हजार ५०६ जनाको पीसीआर परीक्षण र ५ हजार ९८८ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ३ हजार ३८४ जनामा कोरोना पुष्टि भएको जानकारी दिएको हो ।

पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेनसहित १४ हजार ४९४ नमुना परीक्षण गरिएको छ । नेपालमा थप ६१ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा मृत्यु भएका र २४ घण्टामा विवरण प्राप्त भएकाहरु गरी जम्मा ६१ जना कोरोना संक्रमितको मृत्यु भएको जानकारी दिएको हो ।
मन्त्रालयका अनुसार नेपाली सेनाद्वारा कोभिड १९ को शव व्यवस्थापन तथ्यांकको आधारसहित सो संख्यामा मृतक थपिएका हुन् ।



