मालिकार्जुन अस्पतालमा भाद्र ९ गते विशेष छुटका साथ विशेषज्ञ शिबिर सञ्चालन हुँदै, को-को आउँदैछन् विशेषज्ञ डाक्टर ?
गोकुलेश्वर।दार्चुलाको शैल्यशिखर नगरपालिका—९ गोकुलेश्वर स्थित मालिकार्जुन अस्पतला प्रा.लिमा भाद्र ९ गते विशेष छुटका साथ विशेषज्ञ स्वास्थ्य शिबिर सञ्चालन हुने भएको छ ।
अस्पतालमा वरिष्ठ हाडजोर्नी तथा नशारोग विशेषज्ञ डाक्टर भानु चालिसे,वरिष्ठ नवजात शिशु तथा वालरोग विशेषज्ञ डाक्टर राजेश पाण्डे र वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ जिवन बानियाँले विशेषज्ञ चिकित्सकीय सेवा प्रदान गर्ने छन् ।
हाडजोर्नी तथा नशारोग विशेषज्ञ डा. चालिसेले हात खुट्टाको जोर्नी दुख्ने,कम्मर तथा गर्धन दुख्ने,चिसो मौसममा कटकटी जोर्नी सुन्निने तथा चलाउन गाह्रो हुने,जोर्नीमा संक्रमण हुनु जस्ता रोगहरुको उपचार गर्ने छन् ।
त्यस्तै, नशा च्याप्पिएको,शरिर झमझमाउने,पोल्ने,हड्डी तथा जोर्नी खिइने,हडडीमा करकर खाने तथा कराउने,हातखुट्टाको जोर्नी बाङ्गोटिङ्गो हुने, घुडा सुन्निने,सोल्जर जोर्नी चलाउन दुखाइ हुने,युरिक एसिडको दुखाइ, हड्डीहरु बढ्ने,हड्डी बाङ्गिएको, वाथरोग युरिक एसिड लगायत टुटेको हात खुट्टा बाङ्गो भएको उपचार गर्ने छन् ।
त्यस्तै,वरिष्ठ नवजात शिशु तथा वालरोग विशेषज्ञ डाक्टर पाण्डेले नवजात शिशुमा हुने खोकी,ज्वरो,छाला सम्बन्धि उपचार,टाइफाइड,निमोनिया,मृगौलामा भएको संक्रमणको उपचार गर्ने छन् ।

त्यस्तै,बच्चाहरमा पेट सम्बन्धि उपचार जस्तै,अपच झाडापखाला,पेट फुल्ने,पेट दुख्ने,समस्याको उपचार,छारे रोग,क्षयरोग, रगत सम्बन्धि रोगको उपचार गर्नुका साथै शारिरिक र मानसिक विकाश नभएका बच्चाहरुका लागि सुझाव सल्लाह र उपचार गर्ने छन् ।
त्यस्तै, वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ बानियाँले लामो समय देखि पिनासको समस्या,(नाकबाट श्वास फेर्ने नसक्ने),लामो समय देखि टन्सिलको समस्या,कान नसुन्ने, कान दुखिरहने समस्या,लामो समय देखि कानबाट पिप वग्ने समस्याको उपचार गर्ने छन् ।
त्यस्तै,नाकको समस्याले गर्दा टाउको दुख्ने अर्थात टाउको भारी महशुस हुने, घाटीमा आउने खटिराहरु,थाइराइडको समस्या नाक बन्द हुने साथै लगातार नाकबाट सिगान बगिरहने घाटिमा केही अड्डे जस्तो लाग्ने र राती निन्द्रामा घुर्ने समस्याहरुको भएकाहरुको उपचार गर्ने छन् ।
साथै अस्पतालले हाडजोर्नी तथा नशारोग ,नाक कान घाँटी र बालरोग विशेषज्ञ शिबिरमा गरिब तथा विपन्न वर्गका बिरामी,अशक्त,असाहय,जेष्ठ नागरिक तथा एकल महिलाहरुलाई गाउँपालिका, नगरपालिका तथा वडा कार्यालयबाट सिफारिस अथवा परिचयपत्रको बनाएर आएको खण्डमा विशेष छुट दिने जनाएको छ ।
अस्पतालले गाउँपालिका, नगरपालिका तथा वडा कार्यालयबाट सिफारिस अथवा परिचयपत्रको बनाएर आएकाहरुलाई भिडियो एक्सरेमा र ल्याब परिक्षणमा २०र २० प्रतिशत छुट दिने जनाएको छ । ०९३४०००२६ मा फोन गरेर समेत नाम दर्ता गर्न सकिने अस्पतालले जनाएको छ ।
मालिकार्जुन अस्पतालले सञ्चालनमा आएदेखि विषेशज्ञ चिकित्सक सहित गरिब तथा विपन्न वर्गका बिरामीको निःशुल्क उपचार गर्दै आएको छ ।
विभिन्न समयमा अस्पतालले गरिब तथा विपन्न वर्गकाको भिडियो एक्सरे,ल्याव टेस्ट ल्याव टेस्ट र औषधी वितरण निःशुल्क गर्दै आएको छ । अस्पतालले विशेषज्ञ चिकित्सकीय सेवा प्रदान गर्दै आएको छ ।
