गोकुलेश्वर । भक्तपुरमा बाल सुधार गृह तोडफोड गरेर भागेका २२८ बालबालिकालाई प्रहरीले पक्राउ गरेको छ ।
बाँकी २७ जनाको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय भक्तपुरका डिएसपी बसन्त पाठकले जानकारी दिए ।
उनीहरूलाई भक्तपुर र काठमाडौंको विभिन्न ठाउँबाट पक्राउ गरिएको हो ।

बाल सुधार गृहमा २७१ जना बालबालिका थिए। जसमा २५५ जना बालक र ४३ जना बालिका छन् ।
आइतबार बिहान रामेछाप मन्थली नगरपालिका–३ का १८ वर्षीय कमल बस्नेतको मृत्यु भएपछि परिवारले सुधार गृह अगाडि नाराबाजी र तोडफोड गरेका थिए ।
त्यही विषयमा सोमबार पनि नाराबाजी भइरहँदा त्यहाँ बसिरहेका बालबालिका तोडफोड गरेर भागेका डिएसपी पाठकले जानकारी दिए।
’तोडफोड हुँदा प्रहरी र केही बन्दी घाइते भएका छन्,’ डिएसपी पाठकले भने ।
सुधार गृहमा १८ वर्षभन्दा मुनिका १३१ जना र १८ वर्ष माथिका १६७ जना छन् ।



