गोकुलेश्वर । बैतडीको पञ्चेश्वर गाउँपालिका–०४ कनिना डङाका रमेश भट्ट आज हराएको एक महिनापछि मृत अवस्थामा फेला परेका छन् ।
पञ्चेश्वर गाउपालिका–०३ मड् वल्या खोलाको खानेपानि ट्याङकि नजिक झाडिमा सडेको अवस्थामा शव फेला परेको स्थानिय बिरेन्द्र भट्टले बताए ।

सुस्त मनस्थितिका १४ बर्षिय रमेश श्रावण ७ गते हराएका थिए । ३ दिन अगाडी खानेपानि लाईन बनाउन आएका स्थानियहरुले मान्छे कुहिएको जस्तो गन्ध आएपछि रमेशका परिवारलाई खबर गरेका थिए ।
शव सडेर हड्डि मात्र रहेको अवस्थामा रमेशको शव फेला परेको हो । कपडा र चप्पलका आधारमा पहिचान गर्न सकिएको स्थानिय भट्टले बताए । सबैभन्दा माथि रमेशका चप्पल अलि तलतिर कपडा र त्यो भन्द तल टाउको भेटिएको उनले बताए ।
जंगलि जनावरले आक्रमण गरेको हुनसक्ने अनुमान गरिएको छ । रमेशको खोज तलासका लागि परिवारले प्रहरीमा निवेदन समेत दिएका थिए ।
