No.1 News Portal from Sudurpashchim Province
bajaj

टिकौली जङ्गलमा ७ सवारी साधनलाई ठक्कर दिने स्कुल बसका चालकले गाँजा खाएको पुष्टि

गोकुलेश्वर । चितवनको भरतपुर महानगरपालिका–९ टिकौली जंगलमा शव बोकेको जिपसहित सात वटा सवारी साधनलाई ठक्कर दिने बसका चालकले लागु पदार्थ सेवन गरेको पुष्टी भएको छ ।

टिकौली जंगलमा गएको साउन ३१ गते भएको दुर्घटनामा संलग्न गैंडाकोटको अक्सफोर्ड कलेजको बस चालकले लागुपदार्थ सेवन गरेर सवारी चलाएको पुष्टि भएको हो । चितवन मेडिकल कलेजको प्रयोगशालामा बस चालक नवलपुरको गैंडाकोट नगरपालिका–९ बस्ने वर्ष २६ का आशिष परियार (भरत) को स्वास्थ्य परीक्षण गर्दा उनले लागु पदार्थ सेवन गरेको पुष्टि भएको हो ।

कलेजका विद्यार्थी बोकेर टाँडीतर्फ जाँदै गरेको ना १ क ६१३१ नम्बरको बसले शव बोकेर देवघाटतिर आउँदै गरेको ना २ च ८४४६ नम्बरको बलेरोलाई ठक्कर दिएको थियो । शवसँगै बसेका केही ब्यक्तिहरु, शवयात्रामा आएका ६ वटा मोटरसाइकललाई बसले ठक्कर दिँदा २० जना घाइते भएका थिए ।

pm office

चालक परियारको टीएचसी परीक्षणका क्रममा लागु पदार्थ ( गाँजा ) सेवन गरेको पोजेटिभ देखाएको प्रहरीले जनाएको छ । उनले कहिले गाँजा खाएका थिए भन्ने कुरा एकीन नभए पनि परीक्षणमा उनले लागु पदार्थ सेवन गरेको देखिएको प्रहरीको भनाइ छ ।

प्रहरीले पछिल्लो समयमा कुनै दुर्घटना भएमा शङ्का लागेको अवस्थामा मादक पदार्थ सेवन र लागू पदार्थ सेवन जाँच गराउने गरेको छ ।

प्रहरीले दुर्घटना गराउने परियारलाई सवारी अङ्गभङ्गअन्तर्गत मुद्दा चलाएको छ ।

दुर्घटनामा परेका घाइते मध्ये ५ जना उपचार पछि घर फर्किएका छन् भने, २ जनाको भरतपुर अस्पतालमा, ७ जनाको पुरानो मेडिकल कलेजमा, ५ जनाको चितवन मेडिकल कलेजमा र १ जनाको काठमाण्डौंको मेडिसिटी अस्पतालमा उपचार भैरहेको छ ।

घाइते सबैको कलेजले नै उपचार गर्ने भनी जिम्मा लिइसकेको छ । रत्ननगर नगरपालिका वडा नं. १४ पारिजातचोकका कृष्णबहादुर तामाङको शव बोकेर दाहसंस्कारका लागि जाँदै गरेका ४ जना छोरा मध्ये ३ जना घाइते भएका थिए । बुवाको किरिया गर्नुपर्ने छोराहरु अहिले अस्पतालमा छन् ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.